ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

औद्योगिक मेलाको बचत १० लाख

Jul 24, 2018  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता
पोखरा । पोखरा उद्योग वाणिज्य सङ्घले गतवर्ष आयोजना गरेको ‘सफल राष्ट्रिय औद्योगिक मेला तथा दोस्रो मोाबाइल मेला’बाट १० लाख ५५ हजार रुपैयाँ बचत गरेको छ । सङ्घले सोमवार पत्रकार सम्मेलन गरी आयव्यय सार्वजनिक गरेको हो । मेलामा १ करोड १८ लाख २६ हजार रुपैयाँ आम्दानी र १ करोड ७ लाख ७० हजार रुपैयाँ खर्च भएको सङ्घका अध्यक्ष विश्वशङ्कर पालिखेले जानकारी दिए । सङ्घले गत पुस २७ देखि माघ ८ गतेसम्म मेला आयोजना गरेको थियो । पोखरालगायत सम्पूर्ण राष्ट्रको औद्योगिक, कृषिजन्य उत्पादन, हस्तकलाका उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटन तथा कृषिजन्य उत्पादनलाई प्रवद्र्धन तथा बजारीकरणमा सघाउने लक्ष्यले मेला आयोजना गरिएको थियो । मेलाको करीब १ लाख ८० हजार अवलोकनकर्ताले अवलोकन गरेका थिए । आन्तरिक राजस्व कार्यालय पोखरालाई मेलाबापत सङ्घले ९ लाख ५२ हजार ४ सय ६९ रुपैयाँ प्रत्यक्ष कर बुझाएको पालिखेले बताए । ‘हामीले मेलाकै अवसरमा सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा ७५ ओटाभन्दा बढी आमा समूहलाई बैठक बस्दा चाहिने कुर्ची पनि प्रदान गर्‍यौं,’ उनले भने, ‘पोखराको खानेपानी मुहान क्षेत्रमा निर्मित शवदाहन गृह समुदायलाई हस्तान्तरण गरिसकेका छौं । केही बन्ने क्रममा पनि छन् ।’ मेलाको प्रवेश टिकटमा उपहार राखिएको कार पर्वतका १५ वर्षीय सन्दीप पौडेलले प्राप्त गरेका थिए । यसैबीच, मेलालाई परिष्कृत गर्ने क्रममा यस वर्ष मेलाको नाम नै परिवर्तन गरी एक्स्पो पोखरा राखिएको छ । एक्स्पो पोखराको पहिलो संस्करण आउँदो मङ्सिर १३ देखि २४ गतेसम्म आयोजना गरिनेछ । एक्स्पो पोखराको तयारी शुरू भइसकेको सङ्घका उद्योगतर्फका उपाध्यक्ष गोकर्ण कार्कीले बताए । मेलाले पोखराको व्यावसायिक वातावरण निर्माणमा खेलेको भूमिकाले यहाँका उद्योगी÷व्यवसायी लाभान्वित भएको सङ्घका महासचिव दामु अधिकारीको भनाइ छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)