ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

धरानको चुनौती बन्दै सडक बालबालिका

Jul 26, 2018  
प्रदेश समाचार
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता
धरान । धरानमा बढ्दो सडक बालबालिकाको व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ । नगरको भानुचोकमा बिहानको समयमा पुग्दा सडकका पेटी तथा गल्लीमा सडक बालबालिका यत्रतत्र लाम लागेर सुतिरहेका भेटिन्छन् । उठ्नेबित्तिकै बजारका विभिन्न स्थानमा थोत्रा प्लाष्टिक टिप्नु, यात्रुहरूसँग पैसा माग्नु र साँझपख लागूऔषधको रूपमा ड्रेनडाइव तथा मादकपदार्थ सेवन गर्नु, हल्ला गर्नु उनीहरूको दिनचर्या नै बनेको छ । सडक बालबालिकाको समस्या समाधानका लागि धरान उपमहानगरपालिकाले २ लाख बजेट छुट्ट्याएको थियो । ३ महीनाअघि स्थानीय निकाय र प्रहरीको सक्रियतामा १९ जना बालबालिकालाई पुनःस्थापित गरिए पनि अहिले पुनः विगतकै अवस्था देखिएको इलाका प्रहरी कार्यालय, धरानका नायव प्रहरी उपरीक्षक रामेश्वर पौड्यालले बताए । पुनःस्थापन गरिएका बालबालिका पुनः सडकमा नआए पनि अन्यत्रका सडक बालबालिका धरानमा आएर बस्न थालेको उनको भनाइ छ । सडक बालबालिकाको दीर्घकालीन व्यवस्थापन गर्न नसके समस्या दोहोरिरहने उनले पौड्यालले बताए । सडकमा आएका बालबालिकालाई उनीहरूकै परिवारमा समायोजन तथा सही दिशाबोध गराउन आवश्यक रहेको उनको भनाइ छ । सडक बालबालिकाका कारण भानुचोकवरपरका सर्वसाधारण मात्र होइन, धरान घुम्न आउने पर्यटकसमेत हैरान हुने गरेका छन् । यस्ता बालबालिका सडकका पेटीमा बसेर पैसा माग्ने, मानिस हिँड्ने बाटोमा सुतिदिने र जथाभावी (छाडा शब्द) बोल्ने गर्छन् । धरानमा करीब १ सय ५० को हाराहारीमा सडक बालबालिका छन् । तीमध्ये केहीको व्यवस्थापन गरिए पनि अझै धरानमा १ सयभन्दा बढी सडक बालबालिका बजारमा भौतारिँदै हिँडेको पाइन्छ । सडक बालबालिकाको व्यवस्थापन धरान उपमहानगरपालिकाका लागि चुनौती बनिरहेकै अवस्थामा उपमहानगरपालिकालाई बालमैत्री घोषणा गर्ने अभियानसमेत शुरू भएको छ । यस्ता बालबालिकाको व्यवस्थापन नभई बालमैत्री नगर घोषणा गर्नु व्यर्थ हुने सरोकारवालाहरूले बताएका छन् ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)