ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

अर्को हेलिकोप्टर थप्दै हेली एभरेष्ट

Jul 26, 2018  
बजार
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता
काठमाडौं । हेली एभरेष्ट प्रालिले सन् २०१९ मा अर्को हेलिकोप्टर थप्ने भएको भएको छ । सन् २०१६ मा दुईओटा एअरबसको फ्रेन्च हेलिकोप्टरबाट सेवा शुरू गरेको कम्पनीले नेपालको पर्यटन तथा उद्धार सेवामा आफ्नो सेवा विस्तार गर्ने रणनीतिअनुरूप हेलिकोप्टर थप्ने भएको हो । अहिले एएस–३५०बी–३इ (एच–१२५) सिरिजका हेलिकोप्टरबाट नेपालभर सेवा दिइरहेकोे कम्पनीका प्रमुख कार्यकारी अधिकृत योगराज कँडेलले जानकारी दिए । नेपालमा खासगरी दृश्यावलोकन, एरियल फोटोग्राफी, उद्धार, हेली पिकनिकका लागि पर्यटकले हेलिकोप्टरको चार्टर उडान गर्ने गरेका छन् । नेपालजस्तो भूबनोट भएको मुलुकमा हेलिकोप्टर सेवाको आवश्यकता र प्रभावकारिता बढ्दै गएकोले कम्पनीले हेलिकोप्टर थप गर्ने योजना बनाएको कँडेलले बताए । हेली एभरेष्टको पहिलो प्राथमिकता गुणस्तर र सुरक्षा भएको बताउँदै कँडेलले कम्पनीसँग आबद्ध सञ्चालकसमेत उड्डयन क्षेत्रसँग लामो समयदेखि आबद्ध रहेकोले आफूले यो संस्थालाई पूर्ण व्यावसायिक रूपमा सञ्चालन गरिरहेको दाबी गरे । पछिल्लो समय नेपालमा हेलिकोप्टर कम्पनी थपिने क्रम बढ्दै गएको बताउँदै उनले अहिले हेलिकोप्टर व्यवसायमा समेत प्रतिस्पर्धा बढेको बताए । अहिले नेपालमा विभिन्न १० ओटा हेलिकोप्टर कम्पनीका २८ ओटा हेलिकोप्टरले सेवा दिइरहेका छन् । नेपालको नागरिक उड्डयन क्षेत्रमा विमान तथा हेलिकोप्टर थपिए पनि बजार बढाउन अझै चुनौती रहेको उनको भनाइ छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)