ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

रियल स्कूल अफ नेपाल : नारायणगढबाट फाइनलमा छानियो सैनिक आवासीय महाविद्यालय

Jul 29, 2018  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता
काठमाडौं । ‘रियल स्कूल अफ नेपाल २०१८’ अन्तर्गतको सातौं क्षेत्रीय फाइनल मध्यमाञ्चलको नारायणगढमा सम्पन्न भएको छ । शुक्रवार सम्पन्न प्रतियोगिताबाट नारायणगढको सैनिक आवासीय महाविद्यालय स्कूल विजयी भई राष्ट्रियस्तरको फाइनलका लागि छानिएको छ । विद्यालयका सोनिया कार्की, सिमरन क्षेत्री, निश्चल दिश्व मगर, सबिना थापा, जीवन महतो र प्रमेश दराईले राष्ट्रिय फाइनलमा अन्य क्षेत्रीय फाइनलका विजयीसँग प्रतिस्पर्धा गर्ने डाबर नेपालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । प्रतियोगितामा सहभागी विद्यालयका विद्यार्थीलाई सिनियर र जुनियर समूहमा विभाजित गरी विभिन्न प्रतियोगिता गराइएको थियो, जसमध्ये सिनियर समूहतर्फ एक्सटेम्पोरमा सनराइज इङ्लिश स्कूलकी सुरुचि धिताल, डान्समा स्काई राइडर सेकेण्डरी इङ्लिश स्कूलकी दिव्या नेपाल तथा फूटबल जगलिङमा सैनिक आवासीय महाविद्यालयका निश्चल दिश्व मगर विजयी बने । त्यस्तै, जुनियर समूहतर्फ पेण्टिङमा सैनिक आवासीयका जीवन महतो थ्री मिनेट टु फेममा ग्रीनल्याण्ड पब्लिक स्कूलका आर्यन राणा मगर तथा स्कोर दि रियल गोलमा सनराइज इङ्लिश स्कूलका दिवस महतो विजयी भएको डाबर नेपालले जानकारी दिएको छ । प्रतियोगिताको आठौं क्षेत्रीय फाइनल प्रतियोगिता आगामी सोमवार पोखरामा हुनेछ । यसैबीच, कम्पनीले प्रतियोगिताकै अवसरमा विगत २ वर्षदेखि दिँदै आएको २५ हजार रुपैयाँबराबरको छात्रवृत्ति बुटवलबाट छात्रतर्फ शिशिर सुवेदी र छात्रातर्फ तोशिका प्रसाईलाई प्रदान गरेको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)