अभियान संवाददाता
प्यूठान । जिल्ला मालपोत कार्यालय प्यूठानले गत आर्थिक वर्ष २०७४/७५ मा ३ करोड ३ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।
गत आवमा जिल्ला मालपोत कार्यालय खलङ्गाले विभिन्न शीर्षकबाट २ करोड ४३ लाख र इलाका मालपोत कार्यालय जस्पुरले ६० लाख रुपैयाँ सङ्कलन गरेको हो । कार्यालयले घरजग्गा रजिष्टे«शनबाट २ करोड ३२ लाख, जग्गाको लालपूर्जा विक्रीबाट ८२ हजार, सेवा शुल्कबाट ३७ लाख ३ हजार, पूँजीगत लाभकरबाट ४ लाख ८७ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको हो ।