ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

कुखुरापालक व्यवसायीलाई प्रविधिबारे प्रशिक्षण

Jul 29, 2018  
प्रदेश समाचार
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता
वीरेन्द्रनगर । पुरानो शैली अपनाएर कुखुरापालन गर्दै आएका व्यवसायीलाई आधुनिक प्रविधिबारे प्रशिक्षण दिइएको छ । अनमोल फिड्स प्रालि भरतपुरको आयोजनामा दैलेखको गुराँस गाउँपालिकामा व्यावसायिक कुखुरापालन गरेका कृषकलाई शनिवार प्रशिक्षण दिइएको हो । कम्पनीका प्राविधिक अधिकृत डा. योगेन्द्रराज पन्तले कुखुरापालन गर्दा देखिने समस्या, चुनौती र समाधानका उपायबारे जानकारी दिएका थिए । उनले कुखुराका जातअनुसार दाना, तापक्रम र मौसम व्यवस्थापनमा कृषकले ध्यान राख्नुपर्ने बताए । उनले कुखुराको खोर व्यवस्थापन राम्रोसँग गर्न सके लगानी खेर जानबाट जोगिने बताए । पछिल्लो समय व्यावसायिक कुखुरापालन व्यवसाय फस्टाउँदै गएको भन्दै रोगको सङ्क्रमणबाट जोगाउन कुखुराको आहारमा ध्यान दिन पनि उनले आग्रह गरे । गौरी एग्रो फिड्स सप्लार्यस सुर्खेतका प्रमुख धर्म लम्सालले कुखुरापालक कृषकले प्रविधि बुझ्न नसक्दा मारमा पर्नुपरेको बताए । राम्रो आम्दानी हुने भएकाले जीविकोपार्जनका लागि मात्र नभई व्यावसायिक कुखुरा पालन गर्न उनले आग्रह गरे । गुराँस गाउँपालिकाकी उपाध्यक्ष दीपा बीसीले स्वरोजगारका कार्यक्रमअन्तर्गत गाउँपालिकाले कुखुरापालन व्यवसायलाई प्राथमिकता दिएको बताइन् । कार्यक्रममा ४० जना व्यावसायिक रूपमा कुखुरा पालन गर्दै आएका कृषक सहभागी थिए ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)