ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

कर वृद्धिको विरोधमा वीरगञ्जका व्यवसायी सडकमा

Jul 29, 2018  
समाचार मुख्य खबर
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता
साउन १३, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले मनोमानी तरिकाले सम्पत्तिको मूल्याङ्कन र कर वृद्धि गरेको भन्दै आइतवार वीरगञ्जमा प्रदर्शन भएको छ । वीरगञ्ज उद्योग वाणिज्य सङ्घको अगुवाइमा भएको विरोध प्रदर्शनमा स्थानीय ३ दर्जनभन्दा बढी उद्योग, व्यापार र बस्तुगत सङ्घ÷संस्थाहरू सहभागिता भएका छन् । महानगरपालिकाले चालु आर्थिक वर्ष २०७५÷७६ देखि मूल्याङ्कन र कर वृद्धि गरी नगरवासीलाई आर्थिक शोषण गरेको आरोप सङ्घको छ । वृद्धि गरिएको मूल्याङ्कन र कर फिर्ताको माग गर्दै वीरगञ्जको घण्टाघरबाट निकालिएको विरोध ¥यालीले महानगरमा पुगेर नगर प्रमुख विजयकुमार सरावगीलाई ज्ञापनपत्र बुझाएको थियो । सङ्घका अध्यक्ष ओमप्रकाश शर्माले ज्ञापनपत्र बुझाउदै आर्थिक वर्ष २०७५÷०७६ का लागि महानगरपालिकाले निर्धारण गरेको करको नयाँ दर जनहितविरीत रहेकाले तत्काल फिर्ता लिन आग्रह गरे । ‘महानगरले जनताको ढाड सेकिने गरी कर वृद्धिको नाममा सम्पत्तिको मूल्याङ्कन र कर बढाएको छ । यो तत्काल फिर्ता गरियोस्,’ उनले भने, ‘हाम्रो आग्रहलाई बेवास्ता गरिए चरणबद्ध आन्दोलनमा जान्छौं ।’ महानगरले जग्गाको मूल्याङ्कन ९ गुणासम्म बढाएको छ । विगतका खारेज भइसकेको कवाडी कर लागू गरिएको छ । ज्ञापनपत्र बुझ्दै नगरप्रमुख सरावगीले महानगरको आर्थिक ऐनमै करसम्बन्धी विवादको समाधान वार्ताका माध्यमबाट गर्न सकिने व्यवस्था भएकाले विरोध छोडेर संवादमा आउन आग्रह गरे । उनले सङ्घले उठाएका माग वार्ताको माध्यमबाट पूरा गर्न तयार रहेको भन्दै सङ्घले कतिपय विषय हावाको भरमा उठाएको आरोपसमेत लगाए । महानगरले बढाउँदै नबढाएका व्यक्तिगत घटना दर्ताको शुल्कलाई समेत वृद्धि गरिएको भन्दै सङ्घले प्रचारबाजी गरेको सरावगीको भनाइ थियो । महानगरले सम्पत्तिको मूल्याङ्कन र करको दर हेरफेर गरेपछि अहिले त्यसको चर्को विरोध भइरहेको छ । विरोध र अर्थमन्त्रालयले रोक लगाएपछि महानगरले कतिपय कर सङ्कलन स्थगित पनि गरेको छ । फलाममा तोकिएको कर फिर्ताको प्रक्रियामा लागेको महानगरको भनाई छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)