ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नेप्सेमा खरीद विक्रीको चाप समान, ०.३० प्रतिशले वृद्धि

Jul 29, 2018  
लगानी मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता
साउन १३, काठमाडौं । साताको पहिलो दिन नेप्से कारोबार शुरु भएदेखि अन्त्यसम्म बढेर बन्द भएको छ । १ हजार १ सय ९१ विन्दुबाट शुरु भएको कारोबार अन्त्यसम्ममा ३ दशमलव ६२ अङ्कले बढेर १ हजार १ सय ९४ दशमलव ८२ विन्दुमा पुगेर बन्द भएको हो । कारोबार भएका दश समूहको परिसूचकमा पाँच समूहको परिसूचक बढेपछि समग्र नेप्से परिसूचक शून्य दशमलव ३० प्रतिशतले बढेको हो । यस दिन कारोबार भएका १ सय ५३ कम्पनीको २ हजार ९ सय ८५ पटकको व्यापारमा ७ लाख ८१ हजार ४ सय ८४ कित्ता शेयरको रू. १८ करोड ४९ लाख बराबरको कारोबार भएको छ । बैङ्किङ, विकास बैङ्क, निर्जीबन बीमा, जीवन बीमा र ‘अन्य’ समूहको परिसूचक बढेको छ । होटल, जलविद्युत, वित्त, उत्पादन तथा प्रशोधन र लघुवित्त समूहको परिसूचक घटेको छ । ‘अन्य’ समूह र जिवन बीमा समूहको परिसूचक शून्य दशमलव ८९ प्रतिशतले बढेको छ । नेप्सेमा सर्वाधिक कारोबार हुने १० कम्पनीमा जलविद्युत लगानी तथा विकासको प्रतिकित्ता रू. १ सय ७७ मा रू. १ करोड २६ लाख बराबरको शेयर कारोबार भएको छ । एनसीसीको रू.८९ लाख ३७ हजार बराबरको शेयर कारोबार भएको छ । नेशनल हाइड्रोपावर कम्पनीको शेयर मूल्य ७ दशमलव ५० प्रतिशतले बढेको छ । सिटी एक्सप्रेस फाइनान्सको शेयर मूल्य ९ दशमलव ६७ प्रतिशले घटेको छ । यस कम्पनीले हकप्रद प्रयोजनको लागि बुक क्लोजको मिति तोकेको छ । कारोबार भएका १ सय ५३ कम्पनीमा ६६ कम्पनीको शेयर मूल्य बढेको छ भने ६३ कम्पनीको शेयर मूल्य घटेको छ । साथै, २४ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ । यस दिन कारोबार रकम अघिल्लो कारोबार भएको दिनको तुलनामा ४ दशमलव २१ प्रतिशतले बढेको छ । कारोबार रकम रू.८१ लाख १८ हजारले बढेको हो । कुल बजार पूँजीकरण शून्य दशमलव ३० प्रतिशतले बढेर रू. १४ खर्ब १४ अर्ब पुगेको छ । यस दिन ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन सेन्सेटिभ इण्डेक्स शून्य दशमलव २४ प्रतिशत बढेर २ सय ५१ दशमलव ५५ अङ्क पुगेक छ । त्यसैगरी, यस दिन नेप्सेको १४ दिने रिलेटिभ स्ट्रेन्थ इण्डेक्स न्युट्रल जोन अर्थात् ४३ दशमलव ३८ स्केलमा रहेको छ । यसले बजारमा खरीद विक्री चाप समान रहेको देखाउँछ । नेप्सेको एडी रेशियो १ दशमलव शून्य ४ प्रतिशत रहेको छ । यसले बजार वुलिश वृत्तिमा रहेको देखाउँछ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)