ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

अनलाइन शपिङको ट्रेण्ड बढ्दै, बजारमा आयो एभरेष्टकार्ट डटकम

Jul 29, 2018  
बजार
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता
साउन १३, काठमाडौं । नेपाली बजारलाई प्रविधिमय बनाउने उद्देश्यअनुरूप एभरेष्टकार्ट डट कमले अनलाइन शपिङ सञ्चालन गरेको छ । आइतवार राजधानीमा एक कार्यक्रम आयोजना गरी औपचारिक रूपमा वेबसाइट सञ्चालन गरिएको हो । कम्पनीले देशभित्र उपलब्ध हुने अधिकांश वस्तुलाई सहज रूपमा ग्राहकमाझ पु¥याउने उद्देश्यअनुरूप अनलाइ शपिङ कारोबार सञ्चालन गरेको जानकारी दिएको छ । कम्पनीले विनाकमिशन कुनै पनि पसल वा उद्योगको प्रडक्टलाई आफ्नो वेबसाइटमा विवरणसहित रजिष्ट्रर गर्ने बताएको छ । ग्राहकले सोही वेबसाइटमार्फत इण्टरनेटका माध्यमबाट किनमेल गर्न सक्ने कम्पनीको भनाइ छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत सङ्गम सिंहले जुम्लामा उत्पादन हुने वस्तुलाई नेपालभर विस्तार गर्ने उद्देश्यका साथ अनलाइन शपिङ कारोबार शुरू गरेको बताए । आगमी १ वर्षभित्र एभरेष्ट कार्ट डट कमको शाखा सातै प्रदेशमा सञ्चालन गर्ने योजना रहेको उनको भनाइ छ । राष्ट्रिय अविष्कार केन्द्रका अध्यक्ष डा. महावीर पुनले नेपाली बजारलाई प्रविधिमय बनाउनुपर्ने बताए । उनले समयअनुसार नेपाली बजारलाई प्रविधिमय बनाउन सके व्यावसायिक सफलता मिल्ने बताए । राष्ट्रिय अविष्कार केन्द्र र माइक्रोसफ्ट इनोभेशन सेण्टरको भौतिक तथा प्राविधिक सहयोगमा एभरेष्ट कार्ट डट कम सञ्चालनमा ल्याइएको हो ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)