ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

‘६ खर्ब लागतमा ३ हजार मेगावाट विद्युुत् उत्पादन गर्ने लक्ष्य’

Aug 1, 2018  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता
साउन १६, दोलखा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले वर्तमान सरकारले रू. ६ खर्बको लागतमा ३ हजार मेगावाट विद्युुत् उत्पादन क्षमताका १६ ओटा जलविद्युत् आयोजना निर्माण गर्ने योजना बनाइरहेको बताएका छन् । बुधवार दोलखाको चरीकोटमा आयोजित माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको शेयर सङ्कलनसम्बन्धी अभिमुखीकरण कार्यक्रममा उनले यस्तो जानकारी दिएका हुन् । जिल्ला समन्वय समिति दोलखाको आयोजनामा स्थानीय तहका जनप्रतिनिधिलाई माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको शेयर सङ्कलन सम्बन्धमा १ दिने अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको हो । कार्यक्रममा मन्त्री पुनले अबको १ वर्षभित्रै माथिल्लो तामाकोशीको निर्माण सम्पन्न हुने दाबी गरे । उनले सो आयोजनामा सबै दोलखालीलाई शेयरमा लगानी गर्न आग्रह गरे । तामाकोशी तेस्रो तथा तामाकोशी पाँचौं जलविद्युत् आयोजना निर्माण प्रक्रिया अगाडि बढाउने उनले बताए । कार्यक्रममा नेपाल विद्युुत् प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङले माथिल्लो तामाकोशीको शेयर खरीदमा बढीभन्दा बढी दोलखालीलाई सहभागी गराउनु पर्नेमा जोड दिए । चिलिमे जलविद्युत् आयोजनाको अनुभव बताउँदै उनले स्थानीय जनताको नागरिकता खरीद गरी शेयर हत्याउने गिरोह पनि सक्रिय हुने हुँदा सबै दोलखावासीलाई सतर्क रहन आग्रह गरे । कार्यक्रममा दोलखाका सांसद तथा स्थानीय तहका प्रमुख, उपप्रमुख र वडाध्यक्षहरू उपस्थित थिए ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)