ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

३ करोडको लगानीमा व्यावसायिक बाख्रा फार्म

Aug 2, 2018  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता
चितवन । भरतपुर महानगरपालिका–२३ मा ३ करोड लगानीमा व्यावसायिक बाख्रा फार्म सञ्चालनमा आएको छ । ५ वर्षअघि खोर निर्माण गरी माउ बाख्रा ल्याएर बाख्रापालन शुरू गरेको फार्मले ३ वर्षदेखि भने व्यावसायिक बाख्रापालन शुरू गरेको हो । जगतपुर एग्रो फार्म नाममा म्याग्दीका योगेन्द्रबहादुर खड्काले बाख्रापालन गरेका हुन् । उनले खोर, घाँस खेतीसहित १० बिगाहा जग्गा भाडामा लिएर फार्म सञ्चालन गरेका छन् । फार्ममा बोयर जातको बोका र माउ बाख्रा रहेका छन् । उनका अनुसार ती जातका उक्त बोका माउ बाख्राको प्रतिगोटा ३ लाखदेखि ४ लाख रुपैयाँ पर्छ । ‘जग्गाबाहेक मेरो यस फार्ममा ३ करोड लगानी भएको छ,’ उनले भने । उनले विगत ३ वर्षदेखि वार्षिक २ करोड रुपैयाँसम्मका बाख्रा बेचेको जानकारी दिए । उनले पूर्वमा झापा, पश्चिममा पोखरा, नेपालगञ्जलगायत ६६ जिल्लामा पाठापाठी बेचिसकेका छन् । अहिले क्रस गरिएका पाठापाठी ४० हजारदेखि र शुद्ध बोयर जातको बाख्रा प्रतिगोटा ४ लाख रुपैयाँसम्म पर्दछ । खड्का दक्षिण एशियामै आफूले पहिलोपटक यस जातको व्यावसायिक बाख्रापालन शुरू गरेको दाबी गर्छन् । उनको फार्ममा पाठापाठी माउ र बोका गरी ३ सयओटा बाख्रा छन् । सामान्य घाँस, दाना र जस्तोसुकै हावापानीमा उच्च प्रतिफल दिने र लागत खर्चसमेत कम भएकाले बोयर जातको बाख्रापालनप्रति कृषक आकर्षित भइरहेको उनको भनाइ छ । भविष्यमा उच्च जातको रेड बोयर बाख्रा र ब्ल्याकबेरी जातको बोयर माउ बाख्रा ल्याएर यसलाई थप व्यावसायिक बनाई देशभर यसको विक्री गर्ने लक्ष्य लिएको उनी बताउँछन् ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)