ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

सिङ्गापुर एयरलाइन्स विश्वकै उत्कृष्ट

Aug 3, 2018  
अन्तरराष्ट्रिय
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता
काठमाडौं । सिङ्गापुर एयरलाइन्स विश्वकै उत्कृष्ट विमान सेवाप्रदायक कम्पनी बनेको छ । लण्डनस्थित उड्डयन परामर्शदाता कम्पनी स्काइट्र्याक्सले २ करोडभन्दा बढी यात्रुहरूबीच गरेको सर्वेक्षणले यस्तो देखाएको हो । यो सन् २००८ यताको पहिलो उपाधि हो । कम्पनीले १ दशकअघि पनि यो उपाधि पाएको थियो । यससँगै सिङ्गापुर एयरलाइन्सले उत्कृष्ट पहिलो श्रेणी, एशियाकै उत्कृष्ट विमान सेवा प्रदायक र उत्कृष्ट पहिलो श्रेणी सिटको उपाधि पनि हात पारेको छ । पछिल्लो समय विश्वको उड्डयन बजारमा प्रतिस्पर्धा बढेको छ । उत्कृष्ट विमान सेवा कम्पनीलाई उड्डयन क्षेत्रको ओस्कारको रूपमा हेरिन्छ । पछिल्लो ३/४ वर्षको तुलनामा यस वर्ष कम्पनीले निकै राम्रो गरेकाले पहिलो स्थान पाएको विश्लेषण गरिएको छ । कम्पनीले मार्चमा सकिएको आर्थिक वर्षमा ६६ करोड ६० लाख मुनाफा कमाएको थियो । यो ७ वर्षकै उच्च मुनाफा हो । यद्यपि, मुनाफालाई निरन्तरता दिन सक्नेमा भने शङ्का व्यक्त गरिएको छ ।

गतवर्षको उपाधि विजेता कतार एयरवेज भने यो वर्ष दोस्रो स्थानमा समेटिएको छ । कतारले सन् २०१५, सन् २०१२, सन् २०११ मा पनि यो उपाधि हात पारेको थियो । कतार एयरवेज दोस्रो उत्कृष्ट विमान सेवाबाहेक उत्कृष्ट बिजनेश क्लास, मध्यपूर्वी एशियाकै उत्कृष्ट विमान सेवा र उत्कृष्ट बिजनेश क्लास सिटको उपाधि पनि पाएको छ । जापानी विमान सेवाप्रदायक निप्पोन एयरवेज भने तेस्रो स्थानमा समेटिएको छ । स्क्राइट्र्याक्सले सन् २००१ देखि यो अवार्ड दिँदै आएको छ । सन् २०१४ मा हङकङको क्याथी प्यासिफिकले जितेबाहेक पछिल्ला ७ वर्षमा विश्वकै उत्कृष्ट विमान कम्पनीको सबै उपाधि अरेबियन कम्पनीले लगेका छन् ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)