ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पासपोर्ट बनाउने घटेपछि राजस्वमा कमी

Aug 7, 2018  
प्रदेश समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता
चितवन । चितवनमा मेशिन रिडेबल पासपोट (एमआरपी) बनाउनेको सङ्ख्या घटेसँगै राजस्व सङ्कलनमा समेत कमी आएको छ । जिल्ला प्रशासन कार्यालय, चितवनका अनुसार गत आर्थिक वर्ष राहदानी सिफारिशबाट ७ करोड १ लाख ४२ हजार ५ सय रुपैयाँ सङ्कलन भएको छ । अघिल्लो आर्थिक वर्ष यस्तो राजस्व ७ करोड ४५ लाख ८० हजार थियो । गत आर्थिक वर्षमा १६ हजार ५ सय २८ जनाले एमआरपीको फारम बुझाएका छन् । उनीहरूमध्ये १३ हजार ३ सय ७० जनाले साधारण सिफारिश गरेका छन् भने ३ हजार १ सय ५८ जनाले द्रुत सेवा लिएको कार्यालयका प्रशासकीय अधिकृत ईश्वरी सिम्खडाले जानकारी दिए । आर्थिक वर्ष २०७३/७४ मा कार्यालयबाट १७ हजार २४ जनाले राहदानी बनाएका थिए । यीमध्ये १४ हजारले साधारण सिफारिश र ३ हजार १७ जनाले द्रुत सेवामार्फत सेवा लिएका थिए । ‘गत वर्ष निर्वाचन भयो,’ सिम्खडाले भने, ‘स्वदेशै रोजगारीलगायत सम्भावना देखेर युवापुस्ता वैदेशिक रोजगारीमा कम आकर्षित भएका हुन सक्छन् ।’ पछिल्ला वर्ष सिफारिश लिएर पासपोर्ट बनाउन काठमाडौं जाने क्रम बढेकोले पनि यहाँबाट पासपोर्ट लिनेहरू घटेको उनको भनाइ छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)