ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

वीरगञ्ज महानगरको सम्पत्ति मूल्याङ्कन संशोधन विवादबीच पारित

Aug 7, 2018  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता
साउन २२, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको सम्पत्ति मूल्याङ्कनसम्बन्धी संशोधन विवादबीच बहुमतबाट पारित भएको छ । महानगरले मङ्गलवारका लागि बोलाएको विशेष नगरसभामा विवाद भएको हो । महानगरको दोस्रो नगरसभाले बढाएको जग्गाको मूल्याङ्कन बढी भएको भन्दै चौतर्फी विरोध भएपछि विशेष नगरसभा बोलाएर संशोधन प्रस्ताव लगिएको थियो । नेपाली काङ्ग्रेसनिकट सदस्यहरूको विरोध र नाराबाजीबीच बहुमतबाट संशोधन प्रस्ताव पारित भएको छ । नगरसभामा उपस्थित १ सय ४४ सदस्यमध्ये ९४ जनाले परिमार्जित दरको पक्षमा मत प्रकट गरेका थिए । नेपाली काङ्ग्रेसबाट निर्वाचित उपप्रमुख शान्ति कार्कीले आर्थिक वर्ष (आव) २०७४÷७५ को दरअनुसार सम्पत्तिको मूल्याङ्कन गर्नुपर्ने प्रस्ताव गरेकी थिइन् । उपप्रमुख कार्कीको प्रस्तावलाई बहुमतले अस्वीकार गरी चालू आवका दरमा तयार पारिएको संशोधनलाई बहुमतले पारित गरेको महानगरका प्रमुख प्रशासकीय अधिकृत भीष्म भुसालले बताए । उपप्रमुखले वीरगञ्जको नेशनल मेडिकल कलेजलाई दोस्रो नगरसभाले दिएको कर छूटलाई खारेज गर्दै त्यसअघि निर्धारण भएको जरीवानासहितको कर असुल गर्न प्रस्ताव गरेकी थिइन् । करको पुनर्मूल्याङ्कनका लागि समिति बनाइसकिएकाले यो प्रस्तावको औचित्य नरहेकोमा बहुमत जुटेको छ । पारित मूल्याङ्कनअनुसार मालपोत कार्यालय पर्साले चालू आवमा कायम गरेको न्यूनतम मूल्याङ्कनमा ३० प्रतिशत घटाएर आर्थिक ऐन संशोधन गरिने भएको छ । मुख्य विरोध जग्गाको मूल्याङ्कनमा थियो । विरोधमा वीरगञ्ज उद्योग वाणिज्य सङ्घलगायत सङ्घसंस्थाले प्रदर्शन गरेका थिए । करका अन्य दरमा पनि सरोकारवालाको सुझावलाई ध्यानमा राखी संशोधन गरिएको भुसालले बताए ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)