ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

अनुसन्धान र विकासमा खर्च गर्ने विश्वका १० मुलुक

Aug 8, 2018  
समाचार
Jagdamba Supershine Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । विकासका कुनै पनि काम गर्न लगानी र खर्चको आवश्यकता पर्छ । सम्पन्न तथा विकसित मुलुकले विकासमा धेरैभन्दा धेरै लगानी गर्छन् । विकाससँगै जोडिएर आउने अर्को पक्ष अनुसन्धान हो । अनुसन्धानपछि मात्र कहाँ के कति विकास गर्न आवश्यक छ भन्ने पहिल्याउन सकिन्छ । यसलाई अर्थशास्त्रमा रिसर्च एण्ड डेभलपमेण्ट भनिन्छ ।

अनुसन्धान र विकासमा गरिएको खर्चले नै कुनै पनि देशको समग्र विकासलाई इङ्गित गर्छ । यसले भौतिक विकास मात्र नसमेटेर निर्माण बजार पहिचान र आवश्यकताको पनि मापन गर्न सघाउ पुर्‍याउँछ । वर्ल्ड इकोनोमी फोरमलगायत विभिन्न अन्तरराष्ट्रिय गैरसरकारी संस्थाहरूले अनुसन्धान र विकासमा राज्यले गर्ने खर्चको सर्वेक्षण गर्छन् । सन् २०१८ को तथ्याङ्कअनुसार यसरी खर्च गर्नेमा संयुक्त राज्य अमेरिका पहिलो स्थानमा परेको छ । अमेरिकाले सन् २०१८ को कुल बजेटमध्ये ५ सय ५३ अर्ब अमेरिकी डलर यही शीर्षकमा छुट्ट्याएको छ । यो ५ खर्ब ५३ अर्व नेपाली रुपैयाँभन्दा बढी हुन आउँछ ।

यसैगरी जनवादी गणतन्त्र चीन ४ सय ७५ अर्ब डलर खर्च गर्दै उक्त सूचीको दोस्रो स्थानमा छ भने जापान १ सय ८६ अर्ब डलर खर्च गरी तेस्रो स्थानमा परेको छ । चौथो स्थानमा रहेको जर्मनीले १ सय १६ अर्ब खर्च गर्ने तथ्याङ्कमा उल्लेख छ ।

यसैगरी एशियाबाट दक्षिण कोरिया र भारत क्रमशः पाँचौं र छैटौं स्थानमा छन् । अनुसन्धान र विकासमा कोरियाले ८८ अर्ब डलर र भारतले ८३ अर्ब डलर खर्च गरेका छन् । यसपछि क्रमशः फ्रान्स, रूस, बेलायत र ब्राजिल सातौंदेखि दशौं स्थानमा परेका छन् । यो सर्वेक्षण अघिल्लो वर्षको खर्च तथा यस वर्ष गरिने खर्चको अनुपातलाई आधार मानेर गरिएको हो । ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)