ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

ऊर्जामा सहकार्यका लागि बङ्गलादेशसँग एमओयू हुँदै

Aug 9, 2018  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाल र बङ्गलादेशबीच ईनर्जी को–अपरेशनमा समझदारी (एमओयू) हुने भएको छ । यसका लागि बिहीवार बङ्गलादेशको पावर, इनर्जी एण्ड मिनरल रिसोर्सेस मन्त्रालयका राज्यमन्त्री नसरुल हमिद नेपाल आउने भएका छन् ।

शुक्रवार यहाँका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन र बङ्गलादेशी राज्यमन्त्री हमिदबीच वन टू वन छलफल हुने मन्त्रालय स्रोतले जानकारी दिएको छ । यसै क्रममा दुई देशका मन्त्री र राज्यमन्त्रीबीच ऊर्जाको विकास तथा आदान–प्रदान समेतलाई समेट्ने गरी एमओयू हुने कार्यक्रम रहेको छ ।

बङ्गलादेशले पूर्वऊर्जामन्त्री जनार्दन शर्माको बङ्गलादेश भ्रमणकै क्रममा नेपालको ऊर्जामा लगानी गर्ने र उत्पादित विद्युत् खरीद गर्ने प्रस्ताव राखेको थियो । त्यसयता भएका ऊर्जासम्बन्धी विदेशी कूटनीतिक अधिकारीसँगको छलफलका क्रममा पनि बङ्गलादेशको यो प्रस्ताव कायमै रहँदै आएको छ ।

बङ्गलादेश सरकार शतप्रतिशत नवीकरणीय ऊर्जामा जोड दिँदै अघि बढिरहेको छ । उसले आगामी सन् २०३० सम्ममा ६० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको छ । सोहीअनुरूप बङ्गलादेशले नेपालको कुनै ठूलो जलविद्युत् परियोजनामा लगानी गरी उत्पादित विद्युत् लैजाने सम्भावना पनि रहेको छ । यसबाहेक बङ्गलादेशले यहाँ अन्य स्रोतबाट हुने लगानीमा निर्मित आयोजनाका विद्युत् पनि किन्न सक्ने सम्भावना रहेको छ ।

यसअघि सन् २०१४ मा भारतसँग विद्युत् व्यापार सम्झौता (पीटीए) भइसकेको भए पनि हालसम्म नेपालले भारतलाई विद्युत् निर्यात गर्न सकेको छैन । आफ्नै उपभोगमा अपुग रहेको कारण हालसम्म निर्यात गर्न नसके पनि आगामी दिनमा भने भारतकै लगानीमा बन्ने अरुण ३ जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् लैजाने निश्चित भइसकेको छ ।

बङ्गलादेशसँगको नेपालको विद्युत् आयात/निर्यातमा भारतसँग भूमि (राइट अफ वे) लिनुपर्ने हुन्छ । उक्त विषयमा भारतसँग सहमति भइसकेकाले समस्या नरहेको बङ्गलादेशी अधिकारीहरूले बताउँदै आएका छन् ।

भारतले जारी गरेको सीमापार विद्युत् व्यापार निर्देशिकाका कारण नेपालमा उत्पादित विद्युत्को बजारका सम्बन्धमा प्रश्न उठिरहेका बेला बङ्गलादेशसँग हुन लागेको एमओयूले निकै ठूलो महŒव राख्छ । यसबाहेक नेपालले चीनसँग पनि यसै प्रकृतिको एमओयू गरिसकेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)