arthik abhiyan
ad banner

कराडौं डलरको मालिक बन्दै बिरालो

Feb 25, 2019
र यो पनि
Image Not Found
author avatar आर्थिक अभियान
बर्लिन (जर्मनी) । जर्मन फेशन डिजाइनर कार्ल लागरफेल्डको बिरालो करोडौं डलरको मालिक बन्ने क्रममा छ । गत हप्ता लागरफेल्डको मृत्यु भएको छ । उनी फ्रान्सेली फेशन कम्पनी च्यानलका फेशन डिजाइनर थिए । उनको सम्पत्ति १९ करोड ५० लाख डलर रहेको अनुमान गरिएको छ । सुपेट लागरफेल्डको उत्तराधिकारी हो । ‘मलाई केही भइहाल्यो भने उसको हेरचाह गर्ने मानिसलाई कुनै कष्ट हुनेछैन,’ सन् २०१५ मा एक अन्तर्वार्तामा लागरफेल्डले भनेका थिए । गत मंगलवार ८५ वर्षको उमेरमा लागरफेल्डको निधन भएको च्यानलले पुष्टि गरेको छ । उनी सन् १९८३ देखि च्यानलमा क्रिएटिभ निर्देशक थिए । सुपेट उसको विलासी जीवनशैलीका लागि चिरपरिचत छ । उसको स्याहार सुसारका लागि लागरफेल्डले मेडहरू नै राखेका थिए । यो बिरालो सामाजिक सञ्जालमा पनि निकै लोकप्रिय छ । इन्स्टाग्राममा उसको २ लाख ३५ हजार फलोअर्स छन् भने ट्वीटरमा ५० हजारभन्दा बढी फलोअर्स छन् । सुपेट आफै पनि लखपति हो । मोडलिङ गरेर यो बिरालोले ३० लाख डलरभन्दा बढी कमाएको छ । लागरफेल्डबाट सुपेटले कति सम्पत्ति पाउँछ भन्ने निश्चित भइसकेको छैन । च्यानलले पनि यसबारे कुनै प्रतिक्रिया दिएको छैन । ६०/७० लाख डलर मात्रै पाए पनि ऊ विश्वको सबैभन्दा धनी बिरालो बन्नेछ । अहिले सबैभन्दा धनी बिरालोको रेकर्ड ब्ल्याकी नामक बिरालोको पोल्टामा छ । यो बिरालोले आनो बेलायती मालिकबाट सन् १९९८ मा ९१ लाख ५० हजार डलर पाएको थियो । एजेन्सी
प्रतिक्रिया दिनुहोस्