arthik abhiyan
ad banner

आर्थिक अभावले थलिँदै मदरसा

Jul 25, 2019
शिक्षा
Image Not Found
दैलेखको भैरवी गाउँपालिका–३ स्थित कादरियाओ मदिना मदरसा । 

पंखबहादुर शाही

दैलेख । दैलेखको भैरवी गाउँपालिका–३ स्थित कादरियाओ मदिना मदरसा आर्थिक अभावको मारमा परेको छ । आधारभूत तह (कक्षा १–५)सम्म सञ्चालनमा रहेको मदरसाको आयस्रोत नहुँदा आवश्यक शिक्षकको व्यवस्था हुन सकेको छैन, जसकारण मुस्लिम समुदायका बालबालिकाले आप्mनै मौलिक भाषा (उर्दू तथा अरबी)को माध्यमबाट शिक्षा लिन पाएका छैनन् । 

एकजनाको दरबन्दी रहेको उक्त मदरसामा दुई शिक्षक निजी स्रोतबाट राखिएका छन् । नियमित आय आर्जनको स्रोत नहुँदा आप्mनै भाषाका शिक्षक राख्न नसकिएको मदरसाले बताएको छ । सरकारी निकायको बेवास्ताकै कारण मदरसा केही वर्षपहिले ३ महीना बन्दसमेत भएको प्रधानाध्यापक भक्ति उपाध्यायले बताए । यहाँको मुस्लिम समुदायले आप्mना बालबालिकालाई अध्यापन गराउन नेपालगञ्जबाट एक शिक्षक ल्याएका छन् । उर्दु र अरबी भाषामा पढाउने उक्त शिक्षकलाई चन्दा संकलन गरेर तलब खुवाउनुपर्ने अवस्था रहेको प्रअ उपाध्यायले बताए ।

‘आफ्नै भाषाका शिक्षक आवश्यकताअनुसार राख्न नसकिँदा मुश्लिम समुदायका बालबालिकाले आफ्नो मौलिक भाषामा पढ्न पाइरहेका छैनन्, प्रअ उपाध्यायले भने ।

७५ घरधुरी भएको मुस्लिमको संस्कृति र भाषा जोगाउन मदरसा स्थापना गरिएको पूर्वप्रअसमेत रहेका इब्राहिम मियाले बताए । स्थापना कालदेखि उक्त मदरसाको प्रअ जिम्मा उनैले लिएका थिए । त्यसपछि प्रअको जिम्मा उपाध्यायले सम्हाल्दै आएका छन् । यसअघि मदरसा नै दर्ता नभएकाले यो वर्ष दर्ता गराइएको प्रअ उपाध्यायले जानकारी दिए, जसअनुसार मानविकी स्रोतअन्तर्गत यो वर्ष २ लाख अनुदान आएको छ । ५९ जना मुस्लिम समुदायका विद्यार्थी अध्ययनरत विद्यालयको भौतिक अवस्था पनि नाजुक छ ।

आर्थिक अवस्था कमजोर भएकै कारण विद्यालयको तह बढाउन नसकिएको शिक्षक मिँयाको भनाइ छ । गाउँपालिकाकी उपाध्यक्ष पदमकुमारी विष्टले मदरसाका लागि गाउँपालिकाले यथाशक्य सहयोग गर्ने बताइन् ।

हजारौं वर्षपहिले भारतमा हिन्दू र मुस्लिमको द्वन्द्व हुँदा त्यहाँबाट नेपालमा प्रवेश गरेको थियो मुस्लिम समुदाय, जसमध्ये केही मुस्लिम नागरिक दुल्लुको मालिकामा बसे । उनीहरूको मुख्य पेशा चुरा बनाउने र बेच्ने हो । तर यसका लागि कच्चापदार्थको अभाव हुँदा उनीहरूको यो पेशा संकटमा परेको छ ।

प्रतिक्रिया दिनुहोस्