arthik abhiyan
ad banner

सागका लागि ह्याण्डबलको बन्द प्रशिक्षण पोखरामा शुरु  

Aug 4, 2019
खेल विविध
Image Not Found

साउन  १९, चिप्लेढुंगा (पोखरा) । नेपालमा आयोजना हुने १३औं दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत ह्याण्डबल खेलको बन्द प्रशिक्षण पोखरामा शुरु भएको छ । 

राष्ट्रिय खेलकूद परिषद्का सदस्य राजेश गुरुङले प्रशिक्षकद्वय अरुणलाल कर्ण र टेकबहादुर विश्वकर्मालाई बल हस्तान्तरण गरी बन्द प्रशिक्षणको शुभारम्भ गरेका हुन् । उक्त प्रशिक्षणमा परिषद्का सदस्य गुरुङले खेलाडीलाई शुभकामना दिदै राष्ट्रिय गौरव बढाउन ह्याण्डबल खेलले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।  उनले तोकिएकै समयमा नेपालमा साग हुने बताए ।

उनले खेलाडी र प्रशिक्षकलाई भत्तालगायतका सुविधा थप गर्न परिषद्ले गृहकार्य थालेको समेत जानकारी दिए ।  कार्यक्रममा नेपाल ह्याण्डबल संघका अध्यक्ष तेज गुरुङले खेलाडीलाई आफ्नोे अनुशासनमा रही पदक जितेर राष्ट्रिय गौरव बढाउन ह्याण्डबल खेलाडीलाई आग्रह गरे ।     
     
सागअन्तर्गत बन्द प्रशिक्षणका लागि २८ महिला र २८ पुरुष गरी ५६ खेलाडी पहिलो चरणको छनोटमा परेका छन् । सागको महिला तथा पुरुषको ह्याण्डबल खेल पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा २०७६ मंसिर १५ देखि २४ सम्म हुनेछ । रासस 

प्रतिक्रिया दिनुहोस्