arthik abhiyan
ad banner

सडक निर्माणमा लक्ष्य पूरा भएन

थपियो ४४० किमी सडक

Aug 7, 2019
विकास
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको सडक विभागले गत आवमा सडक निर्माणको वार्षिक लक्ष्य भेट्न सकेन । विभागले सो अवधिमा ट्र्याक खोल्ने, कालोपत्र, मर्मत–सम्भार लगायत शीर्षकमा १३ हजार ९२७ किमी सडक निर्माण तथा स्तरोन्नतिको लक्ष्य राखेको थियो । उक्त लक्ष्यमध्ये ३ हजार २६४ किमी सडकको मात्र काम भएको छ । 

गत आवमा नयाँ सडक विस्तारमा ६७ प्रतिशत र कालोपत्र सडकको स्तरोन्नतिमा ८१ प्रतिशत प्रगति देखिएको छ । सडक विभागले ६५१ किमी सडक थप्ने लक्ष्य राखे पनि ४४० किमी मात्र बनेको हो । विभागका अनुसार हाल मुलुकभर सडक सञ्जाल ९१ हजार ५५६ किमी पुगेको छ ।

विभागले गत आवमा १ हजार २२६ किमी सडकको स्तरोन्नति गर्ने लक्ष्य राखेकोमा ९८८ किमी अर्थात् लक्ष्यको ८१ प्रतिशत मात्रै काम भएको छ । यस्तै सडक मर्मतसम्भार र पुल निर्माणमा राखेको लक्ष्य भेट्न सकेन । गत आवमा ग्राभेल सडक विस्तारको लक्ष्य भने सन्तोषजनक देखिएको छ । १ हजार ४१६ किमी ट्र्याक खोल्ने लक्ष्यको ९६ प्रतिशत पूरा गरी खण्डास्मित स्तरमा १ हजार ३६३ किमी ट्र्याक खोलिएको हो ।

३०० पुल निर्माण गर्ने लक्ष्य राखिएकोमा २४३ ओटा सम्पन् भएको विभागले जानकारी दिएको छ । यसमध्ये स्थानीय सडक पुलअन्तर्गत १०४ र रणनीतिक महŒवका सडकअन्तर्गत १०४ पुल बनेका छन्, जुन लक्ष्यको ८१ प्रतिशत हो । यसैगरी १० हजार किमी सडकको नियमित तथा सोही दूरीमा पटके मर्मतसम्भार गरिएको छ । ३३४ किमी आवधिक मर्मत गर्ने लक्ष्य रहेकोमा २३० किमीमा काम सम्पन्न भएको छ ।

नेपाली इञ्जिनीयर, डिजाइनर र निर्माण व्यवसायीबाट पृथ्वी राजमार्गको मुग्लिन र काठमाडौंको बिजुलीबजारमा आर्चब्रिज बनेर सञ्चालनमा आएका छन् । मुलुकभर बनेका सडक झन्डै १ लाख किमी पुग्न लागे पनि तुलनात्मक रूपमा सुरक्षित र गुणस्तरीय विस्तारको काम भने अत्यन्त न्यून छ । 

आर्थिक सर्वेक्षण २०७५/७६ को तथ्यांकअनुसार उक्त सडक सञ्जालमध्ये १४ हजार १०२ किमी विभाग र ३ हजार ९४६ किमी स्थानीय तहबाट कालोपत्र भएको छ । संघीयता लागू भएपछि राष्ट्रिय राजमार्ग तथा रणनीतिक सडक संघस्तर (सडक विभाग)बाट र साना÷ग्रामीण सडक प्रदेश तथा स्थानीय तहबाट बन्दै आएका छन् । 

गुणस्तरीय सडकको पहुँच विस्तार नहुँदा दुर्घटना हुनुका साथै भाडादर र ढुवानी महँगो पर्ने गरेको छ । सडक सञ्जाल बढे पनि योजनाबद्ध ढंगले काम काम नहुँदा गुणस्तरमा समस्या देखिँदै आएको छ । अहिले हुम्लाबाहेक सबै जिल्लाका सदरमुकाम राष्ट्रिय सडक सञ्जालमा जोडिएका छन् ।
 

प्रतिक्रिया दिनुहोस्