arthik abhiyan
ad banner

सानिमा ग्रुप हस्पिटालिटी क्षेत्रमा प्रवेश, धुम्बाराहीमा खुल्यो होटल अकामा

Aug 12, 2019
बजार
Image Not Found
author avatar अभियान संवाददाता

साउन २७, काठमाडौं । हाइड्रो र बैंकिङ क्षेत्रमा लगानी गरेको सानिमा ग्रुप हस्पिटालिटी क्षेत्रमा प्रवेश गरेको छ । सानिमा ग्रुपको प्रवर्द्धधनमा काठमाडौंको धुम्बाराहीमा सोमवारदेखि होटल अकामा सञ्चालनमा आएको छ ।

सोमवार आयोजित पत्रकार सम्मेलनमा होटल अकामा औपचारिक रुपमा सञ्चालनमा आएको जानकारी दिइएको हो । होटलमा १०८ कोठा छन् । भिजिट नेपाललाई लक्षित गरी होटल सञ्चालनमा ल्याएको कम्पनीका अध्यक्ष विनयकुमार श्रेष्ठले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्