arthik abhiyan
ad banner

आयुर्वेद तथा योगसम्बन्धी पाठ्यक्रममा चिनियाँ सरकारको चासो

Aug 22, 2019 
शिक्षा
NA

काठमाडौं (अस) । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले योग, प्राकृतिक चिकित्सा, आयुर्वेद तथा जडीबुटी सम्बन्धी नयाँ पाठ्यक्रममा बनाएपछि चीन सरकारले चासो व्यक्त गरेको छ । चीनको चाइना डायलेक्टिकल एशोसिएशनका अध्यक्ष तथा बेइजिङ नर्मल युनिभर्सिटीका प्रोफेसर प्रो. लिउ सिआओ थिङले शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलसँग भेट गरी योग, प्राकृतिक चिकित्सा, आयुर्वेद तथा जडीबुटी विषय अध्ययनका लागि चीन सरकारले वार्षिक १ हजार विद्यार्थी पठाउने इच्छा व्यक्त गरेका छन् । उनले नेपाल सरकारसँगको सहमतिमा वार्षिक १ हजारको संख्यामा विद्यार्थी पठाउन चीन सरकार तयार रहेकोे जानकारी दिए । 

मंगलवारदेखि काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा जारी ‘मार्क्सवाद र एशियाली दर्शन अन्तरराष्ट्रिय सम्मेलन’मा सहभागी हुन आएका प्रोफेसर थिङ मन्त्री पोखरेलसँग भेट्न बुधवार सिहंदरबार गएका थिए । भेटको क्रममा नेपाल योग, प्राकृतिक चिकित्सा, आयुर्वेद तथा जडीबुटीसम्बन्धी अध्ययन गर्न उपयुक्त देश भएकाले आफूहरू सहयोग गर्न तयार रहेको उनले स्पष्ट पारे । मन्त्री पोखरेलले योग, प्राकृतिक चिकित्सा, आयुर्वेद तथा जडीबुटी पाठ्यक्रम आफ्नो चासोको विषय भएकाले तुरुन्तै आवश्यक छलफल र तयारी गरी पाठ्यक्रम लागू गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्