arthik abhiyan
ad banner

प्राथमिक निष्कासनमा केही सुझाव

Sep 3, 2019 
१० वर्ष अघि
NA

प्राथमिक बजारलाई व्यवस्थित गर्न नेपाल धितोपत्र बोर्डले नयाँ निर्देशनहरू जारी गरिरहेको छ । प्राथमिक बजारमा प्रत्यक्ष रूपमा देखापरेका नक्कली नागरिकता समस्या, लगानीकर्ताको रकम लामो समयसम्म विनाब्याज रहने समस्या, तथा वास्तविकभन्दा पनि कागजमा सम्झौता गरी बिनापैसा ऋण लिने दिने कारणबाट बढेको सेयरको अधिक मागजस्ता समस्या छन् । यी समस्याको समाधान खोज्ने क्रममा पछिल्लो समयमा नेपाल धितोपत्र बोर्डले प्रयासहरू जारी राखेको पाइन्छ । तर, बोर्डका प्रायः निर्देशनहरूमा गृहकार्यको कमी तथा परिपक्वताको कमी भएको प्रष्ट छ । 

१. सेयरका लागि आवेदन दिँदा पहिले नागरिकता प्रमाण चाहिँदैनथ्यो । आव २०६२÷५३ मा सिद्धार्थ बैंक लिको सेयर निष्कासनबाट धितोपत्र बोर्डले नागरिकता प्रमाणपत्रको फोटोकपी अनिवार्य ग¥यो । बोर्डको यो निर्णयले काल्पनिक नाममा सेयर आवेदन दिने प्रचलन कम भयो तर त्यसपछि पनि अर्काका नाममा सेयर आवेदन फारम भर्ने चलनमा कमी आएन । लगानीकर्ताले विभिन्न स्रोतबाट (जस्तै म्यानपावर कम्पनीबाट) नागरिकता प्रमाणपत्र ल्याएर तथा नक्कली नागरिकता प्रमाण बनाएर पनि आवेदन दिन थाले ।  परिणामस्वरूप सर्वसाधारणको अत्यधिक गुनासो आएको भन्दै नेपाल डेभलप्मेन्ट एन्ड इम्प्ल्वायमेन्ट बैंकको प्राथमिक सेयर निष्कासनमा बोर्डले नियन्त्रणको प्रयास ग¥यो । यो पनि सफल हुन सकेन । त्यसपछिका निष्कासनमा सक्कल नागरिकता अनिवार्य  गराइयो तर पनि आवदेनमा कमी आएन । लगानीकर्ताले झोलाभरि सक्कल नागरिकता बटुलेर आवेदन फारम भरे । तीमध्ये कतिपय त कलर फोटोकपी गरिएका पनि थिए । एक व्यक्तिले एउटै मात्र आवेदन फर्म भर्न पाउने नियम भए पनि एउटै परिवारका विभिन्न सदस्यको नाममा एउटै व्यक्तिले थप फाराम भर्न पाउँछ । 

(रविन्द्र भट्टराईको आलेखबाट)
वर्ष ३, अंक ५० २०६५, भदौ २

प्रतिक्रिया दिनुहोस्