arthik abhiyan
ad banner

आरम्भले दियो वित्तीय साक्षरता तालीम

Sep 5, 2019 
शिक्षा
NA

काठमाडौं (अस) । आरम्भ लघुवित्त वित्तीय संस्थाले रामेछाप नगरपालिकाको वादी गाउँका हायु समुदायका ५० ग्राहक सदस्यलाई बुधवार वित्तीय साक्षरता तालीम दिएको छ । तालीममा उनीहरूलाई ग्राहकका आवश्यकता तथा चाहना, बचतको अवधारणा तथा लक्ष्य निर्धारण, बचत उपाय, बचत योजना लगायतबारे प्रशिक्षण दिइएको थियो । साथै ऋणको अवधारणा, कर्जा सदुपयोग, ऋण प्रदायकको छनोट, ऋणको योजना र ऋण लिन सक्ने क्षमताबारे पनि जानकारी गराइएको थियो । उक्त तालीमको व्यवस्थापन लघुवित्तको शाखा कार्यालय, मन्थलीका प्रबन्धक वैकुण्ठ लुइँटेलले गरेका थिए । त्यस्तै केन्द्रीय कार्यालयका कार्यक्रम तथा योजना विभाग प्रमुख सन्तोष थापाले सहभागीलाई प्रशिक्षण दिएका थिए भने शाखा कार्यालय, चरीकोटका शाखा प्रबन्धक निकेश श्रेष्ठले जोखिम न्यूनीकरण सम्बन्धमा जानकारी गराएका थिए । तालीममा आरम्भ महिला केन्द्र, केन्द्र नं १९ की केन्द्र प्रमुख मीना हायुले यस्ता तालीमले बचत र लगानी गर्न सिकाउने बताइन् ।

प्रतिक्रिया दिनुहोस्