arthik abhiyan
ad banner

मानव विकासमा राजनीति

Sep 6, 2019 
१० वर्ष अघि
NA

संयुक्त राष्ट्र संघको नेपालस्थित कार्यालयले नेपाल मानव विकास प्रतिवेदन २००९ गत साता सार्वजनिक गर्‍यो । यो प्रतिवेदनअनुसार सन् २००८ मा १ सय ७७ मुलुकमध्ये १ सय ३९ औं स्थानमा रहेको नेपाल यस पटक १ सय ७६ देशमध्ये १ सय ४२ औं स्थानमा पुगेको छ । नेपालको सशस्त्र द्वन्द्वको अन्त्य भएर सापेक्ष शान्ति स्थापना भए पछि देशको आर्थिक, सामाजिक विकासका सूचकांकहरू झन् दयनीय बन्दै जानु दुर्भाग्यपूर्ण हो । 

यस वर्षको नेपालसम्बन्धी मानव विकास प्रतिवेदनको त्योभन्दा महत्वपूर्ण पक्ष के हो भने यो तयार गर्ने क्रममा यसका स्थापित विश्वव्यापी मान्यताहरूलाई तोडिएको छ । यसमा नेपालको राजनीतिक संक्रमण र त्यसमा अन्तर्निहित पाटाहरुमाथि अन्तरंग विश्लेषण गर्न खोजिएको छ । सन् १९९० बाट मानव विकास प्रतिवेदन बनाउन सुरु गरिएपछि अहिलेसम्म यसको सूचकांक मापनका तीनवटा विश्वव्यापी मुलभूत पक्षहरू रहेका छन् । एक औसत आयुद्वारा मापन गरिने नागरिक स्वास्थ्य, दुई प्रौढ साक्षरता र विद्यालय एवं उच्च शिक्षामा भर्नादरका आधारमा मापन गर्ने शैक्षिक अवस्था र तीन, क्रयक्षमता र आम्दानीका आधारमा मापन गरिने जीवनस्तर ।

तर, यसपटकको नेपालसम्बन्धी मानव विकास प्रतिवेदनले बहिष्करण र असमानता, राजनीतिक प्रणालीका स्वरूप परिवर्तनद्वारा शक्तिको बाँडफाँड एवं संघीयताका अतिरिक्त आफैले निर्धारण गरेको दसबुँदे कार्यसूचीलाई मुख्य सार वस्तु बनाएको छ ।

वर्ष ५, अंक १ २०६६, भदौ ८–१४

प्रतिक्रिया दिनुहोस्