arthik abhiyan
ad banner

विदेशी सहयोगको तथ्यांक राख्ने सफ्टवेयर तयार

Sep 6, 2019 
विविध
NA

काठमाडौं (अस) । अर्थ मन्त्रालयले विदेशी सहयोगको तथ्यांक राख्ने सफ्टवेयर बनाएको छ । मन्त्रालयका इन्जिनीयरहरूले विदेशी दातृ निकायको सहयोगमा उक्त सफ्टवेयर बनाएका हुन् । सफ्टवेयरको बिहीवार एक कार्यक्रमका बीच अर्थमन्त्री डा. युवराज खतिवडाले शुरुआत गरेका हुन् ।

आफ्नै क्षमता प्रयोग गरेर सफ्टवेयर बनाउँदा आफूहरू सफ्टवेयर बनाउन सक्षम देखिएको कम्प्युटर इन्जिनीयर अमर सुवेदीले बताए । ‘सबै विदेशी सहयोगको प्रतिबद्धता र क्षेत्रअनुसार भएको खर्चको हिसाब उक्त सफ्टवेयरमा राखिनेछ,’ उनले भने । एड म्यानेजमेन्ट इन्फर्मेसन सिस्टम (एएमआइएस) नाम दिइएको उक्त सफ्टवेयरले विभिन्न दातृ निकायले दिएको सहयोग रकमको हिसाब पारदर्शी बनाउन मद्दत गर्नेछ । यसअघि यस्तै हिसाब राख्न बनाइएको एड म्यानेजमेन्ट प्लाटफर्म (एएमपी) नयाँ सफ्टवेयर आएपछि हटाइएको छ ।

प्रतिक्रिया दिनुहोस्