arthik abhiyan
ad banner

संवैधानिक समितिमा ‘घिउ’ र ‘तरबार’

Sep 8, 2019 
१० वर्ष अघि
NA

संविधान निर्माण प्रक्रियामा संविधानसभाभित्र मियोका काम गर्नुपर्ने संवैधानिक समितिको अध्यक्ष पद महिनौंदेखि रिक्त छ । आगामी भदौ १२ गते सो पदका लागि निर्वाचन हुने भनिएको छ । तर, खासगरी ठूला दलहरूबीचको खिचातानी र वैमनस्यता यो समितिको सभापति चयनमा प्रमुख अड्चन हुने देखिएको छ । 

संविधान निर्माणलाई गति प्रदान गर्न संविधानसभा सदस्याहरूमध्ये अनुभव, योग्यता र क्षमताका आधारमा सबभन्दा उपयुक्त पात्र चयन गर्नुको सट्टा सबै दलहरू आफ्नै उम्मेदवार उठाउने आफ्नै राजनीतिक पासा खेल्ने दाउमा छन् । संविधान लेखन मूल नभएर च्याँखे दाउ मात्र भएको छ । 

आफ्नै अपरिपक्वताले बर्दीधारी सिपाहीसँग प्रधानमन्त्रीले प्रतिस्पर्धा गर्न थालेपछि सत्ताबाट अनपेक्षित रुपमा बाहिरिएको एकीकृत माओवादी आफ्नो सबभन्दा महत्वाकांक्षी नेता बाबुराम भट्टराईलाई समितिको अध्यक्ष बनाउन लागिपरेको छ । यो पद आफ्नो पक्षमा पारेर सत्ता छाड्दाको चोटलाई कम गराउने अपेक्षा त यो दलले राखेकै छ, त्यसभन्दा ठूलो कुरा आफ्नो सिद्धान्त र पार्टी आवरण अनुरूपको संविधान बनाउन यो समितिमार्फत कसैले खेल्न नसक्ने सम्भावना पनि माओवादीले देखेको छ ।         
      
वर्ष ५, अंक १ २०६६, भदौ ८–१४

प्रतिक्रिया दिनुहोस्