arthik abhiyan
ad banner

बल्झियो प्रवर्द्धक सेयर विवाद 

Sep 9, 2019 
१० वर्ष अघि
NA

नेपाल राष्ट्र बैंकले प्रवर्द्धक सेयरलाई साधारण सेयरसरह धितोपत्र बजारमा कारोबार गर्न एक वर्षअगाडि दिएको निर्देशन अहिले आएर विवादमा परेको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूको ७० प्रतिशत प्रवद्र्धक सेयरलाई घटाएर ५१ प्रतिशत सेयरसाधारण सेयर सरह कारोबार गर्न स्वीकृति दिएको थियो । त्यसविपरीत धितोपत्र बोर्डले केही दिनअगाडि प्रवर्द्धक सेयरको कारोबारमा रोक लगाएपछि यो विवाद जन्मिएको हो । 

राष्ट्र बैंकले सो निर्देशन दिएपछि नेपाल बांगलादेश बैंकको प्रवर्द्धक एनबी समूहले आफ्नो अधिकांश सेयर बिक्री गरिसकेको छ । तर, अरू बैंकहरूको प्रवर्द्धक सेयर भने अहिलेसम्म खासै बिक्री हुन सकेको छैन । अहिले अरू केही बैंकहरूले प्रवर्द्धक सेयर बिक्री गर्ने तयारी गरिरहेको बेला धितोपत्र बोर्डले अचानक त्यस्तो सेयर बिक्रीमा रोक्का लगाए पछि यसबारेका विवाद चर्कने संकेत देखिएको छ । नेपाल राष्ट्र बैंकसमेत धितोपत्र बोर्डको निर्णयबाट छक्क पर्दै गम्भीर भएको स्रोतले जानकारी दिएको छ । ‘यदि हाम्रो निर्णय गलत थियो भने त्यतिबेलै आपत्ति जनाउनुपर्थ्यो, अहिले एक वर्षपछि आएर अचानक त्यस्तो निर्णय गर्नु रहस्यमय छ’ नेपाल राष्ट्र बैंकका उच्च अधिकारीले अभियानसँग भने । उनले राष्ट्र बैंकजस्तो धितोपत्र बोर्ड पनि नियामक निकाय भएको र सेयर बजारसम्बन्धी अनुगमन गर्ने जिम्मेवारी बोर्डको भएको राष्ट्र बैंकले ठाडै हस्तक्षेप गर्न नमिल्ने बताउँदै राष्ट्र बैंक बदनाम भएको अवस्थामा भने चुप लागेर नबस्ने बताए । ‘राष्ट्र बैंकको निर्णय नै गलत थियो भन्ने ढंगले प्रचार भइरहेको छ र त्यो रोकिएन भने राष्ट्र बैंकले राष्ट्र बैंकले यसका पछाडि भएका खेलहरू सार्वजनिक गर्न बाध्य हुनुपर्नेछ’ उनले भने ।     

वर्ष ५, अंक २ २०६६, भदौ १५–२१
 

प्रतिक्रिया दिनुहोस्