arthik abhiyan
ad banner

मान्छेको उत्पादन र निर्यात दुबै बढाऔं 

Sep 10, 2019 
१० वर्ष अघि
NA

अहिले विश्वका हरेक देशको प्रमुख जोेड आफ्नो देशमा उत्पादित सामान र प्रविधिको निर्यात बढाउने रहँदै आएको छ । नेपालमा पनि आफूले बनाएका गलैंचा, पश्मिना अािद सामान ‘मेड इन नेपाल’ ब्रान्ड अन्तर्गत विश्व बजारमा निर्यात गर्ने प्रयत्नमा लागिपरेको छ । तर, ‘मेड इन नेपाल’ ब्रान्डका वस्तु निर्यात गर्न सफल हुन नसके पनि नेपाली उत्पादन भने प्रकृतिले दिएका थुप्रै कुरा नेपालले शदियौंदेखि गौरवशाली रूपमा निर्यात गर्दै आएको छ । त्यसरी निर्यात हुने वस्तुमा पहिले पहिले मनुष्यका अलावा नेपाली काठ, नेपाली घिउ आदि पनि पर्थे भने केही दशकयता चाहिँ नेपाली अर्थात् नेपाली मनुष्यको निर्यातले अरू वस्तुको निर्यातलाई ओझेलमा पारदिएको छ । 

भारततिर बिजुली निर्यात गर्ने कुरा केही वर्षदेखि भइरहेका छन् । बिजुली भनेको पानीबाट मान्छेले मेसिन लगाएर निकाल्ने कुरा भएकाले त्यसमा पनि सफलता हात पर्न सकेको छैन ।  

(तीतोमीठोबाट)
वर्ष ५, अंक २ २०६६, भदौ १५–२१

प्रतिक्रिया दिनुहोस्