arthik abhiyan
ad banner

सहुलियत बजार सञ्चालन

Sep 10, 2019 
विविध
NA

काठमाडौं । सरकारले सोमवारदेखि दशैंतिहार तथा छठका लागि एकीकृत सहुलियत मूल्य पसल सञ्चालन गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले सिंहदरबार अगाडिको नेशनल ट्रेडिङ लिमिटेडको प्रथम दिवसको शुभारम्भ गरे । सो अवसरमा उनले किसान र उपभोक्ता दुवैले राम्रोसँग चाडपर्व मनाऊन् भन्ने उद्देश्यले सरकारले एकीकृत सहुलियत मूल्य पसल सञ्चालन गरेको जानकारी गराए । उनले नेपाल सरकारले बजार व्यवस्था सुव्यवस्थित गरी उपभोक्तालाई बढीभन्दा बढी सहुलियत दिएर दशैंतिहार मनाउने व्यवस्था गरेको बताउँदै कालोबजारीबाट नठगिन सचेत गराए । आगामी कात्तिक १७ गतेसम्म सञ्चालनमा रहने सहुलियत पसलमा चिनी, मैदा पिठो, चामल, चिउरा तथा गेडागुडी प्रतिकेजी तथा बोरामा रू. ५ देखि अधिकतम रू. २५ सम्म छूट दिइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्