arthik abhiyan
ad banner

प्रविधियुक्त ट्राफिक व्यवस्थापनमा जोड  

Sep 10, 2019 
यातायात
NA

काठमाडौं । उपत्यकाको ट्राफिक व्यवस्थापन चुस्त बनाउन प्रविधियुक्त ट्राफिक व्यवस्थापनमा जोड दिइने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले सोमवार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा आधुनिक राजधानी निर्माणका लागि उपत्यकामा दिनानुदिन बढ्दै गएको ट्राफिक समस्या कम गर्न प्रविधिको उच्चतम प्रयोग गरिने बताइएको हो । केही दिनअगाडि मात्र महाशाखामा सरुवा भएर आएका महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले आफ्नो कार्यकालमा ट्राफिक समस्यालाई प्राथमिकतामा राखेर समस्या समाधानमा तदारुकता देखाउने बताए । 

‘सरोकारवाला निकायसँग सहकार्य गर्दै व्यवहारमा विनम्रता, कानून कार्यान्वयनमा कडाइ गरिनेछ,’ ढकालले भने । ट्राफिक नियमको पालना आम नागरिकको चाहना रहेको भन्दै उनले यसमा सबैको सहकार्य आवश्यक रहेको बताए । चाँडै नै उपत्यकाका हरेक चोकमा ट्राफिक बत्ती जडान गरिने उनको भनाइ छ । ‘प्रहरी संगठन प्रमुखको चाहनाअनुसार सम्बन्धित निकायसँगको सहकार्यमा छिट्टै उपत्यकामा ट्राफिक बत्ती जडान गर्नेछौं,’ उनले भने । विगतमा भएका कार्यक्रमलाई निरन्तरता दिँदै आगामी नयाँ कार्यक्रम महाशाखाले अगाडि सार्ने ढकालले बताए । रासस

प्रतिक्रिया दिनुहोस्