arthik abhiyan
ad banner

वन अधिकृतसहित २ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर

Sep 10, 2019 
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

भदौ २४, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डोटी जिल्लाको लानाकेदारेश्वर सव- डिभिजन वन कार्यालयका प्रमुख  सहायक वन अधिकृत(आठौं तह) सुरेश चन्द्र डीसी विरुद्ध मंगलवार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

सरूवा भई डिभिजन वन कार्यालय कञ्चनपुर हाजिर हुन जाने क्रममा सेवाग्राहीको काठको छुट पुर्जीको सिफारिस लगायत कागजी प्रक्रिया सहज गरिदिए घूस लिएको भन्दै अख्तियारको टोलिले वन अधिकृत डीसीलाई पक्राउ गरेको थियो ।

अनुसन्धानको क्रममा निजले  सेवाग्राहीबाट रू.३ लाख २६ हजार लिएको देखिएको भन्दै सोही रकम बराबरको विगो माग दावी गर्दै  मुद्दा दायर गरिएको अख्तियारले बताएको छ । 

यसैगरी प्रतिवादी सुसन जोशीलाई पनि सोही कार्यमा सेवाग्राहीबाट रू.५ लाख  ४५ हजार लिएको मध्ये रू.३ लाख २६ हजार वन अधिकृतलाई उपलब्ध गराएको पुष्टि हुन आएको भन्दै मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता प्रदीप कुमार कोइरालाद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्