arthik abhiyan
ad banner

नबिल बैंक र ईक्यानबीच सम्झौता 

Sep 11, 2019 
शेयर / बैङ्किङ गतिविधि
Image Not Found

काठमाडौं (अस) । नबिल बैंक र एजुकेशन कन्सल्टेन्सी एशोसिएशन अफ नेपाल (ईक्यान)बीच आइतवार बैंकिङ सेवा सम्झौता भएको छ । सम्झौता अनुसार उक्त बैंकले ईक्यानमा आबद्घ सदस्य संस्था, तिनका कर्मचारी र विद्यार्थीका लागि आधिकारिक बैंकका रूपमा सेवा प्रदान गर्नेछ । सम्झौतामा बैंकले न्यूनतम शुल्कमा ईक्यानमा आबद्ध संस्था, कर्मचारी र विद्यार्थीका लागि शैक्षिक कर्जा, विप्रेषण सुविधा, कार्ड सुविधा, कर्मचारी खाता, अनलाइन भुक्तानी लगायत सेवा प्रदान गर्ने बताएको छ । सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले हस्ताक्षर गरेका छन् । ईक्यानका अध्यक्ष विष्णुहरि पाण्डेले उक्त सम्झौताबाट ईक्यानमा आबद्ध  सम्पूर्ण सदस्य संस्था, कर्मचारी र विद्यार्थीले सम्पूर्ण बैंकिङ सुविधा सहजै पाउने बताए । 

प्रतिक्रिया दिनुहोस्