arthik abhiyan
ad banner

ब्रिटिस कलेजका ३२९ विद्यार्थी दीक्षित

Sep 11, 2019 
बजार
Image Not Found

काठमाडौं (अस) । द ब्रिटिस कलेजले आयोजना गरेको पाँचौ दीक्षान्त समारोहमा उक्त कलेजका ३२९ जना विद्यार्थी दीक्षित भएका छन् ।  दीक्षित हुनेमा ५१ जना बीबीए (अनर्स) बिजनेश एन्ड म्यानेजमेन्ट र ४८ जना एमएस्सी इन्टरनेशनल बिजनेश म्यानेजमेन्टमा द युनिभर्सिटी अफ द वेस्ट अफ इंग्ल्यान्ड, ब्रिस्टलबाट दीक्षित भएका हुन् । त्यस्तै, २३० जना बीएस्सी (अनर्स) कम्प्युटिङका विद्यार्थी लिड्स बेक्केट युनिभर्सिटीबाट दीक्षित भए । 

यस वर्ष हालसम्मकै सबैभन्दा धेरै विद्यार्थी दीक्षित भएकोे र यसले कलेजको सफलतालाई स्पष्ट पारेको कलेजका अपरेशन डाइरेक्टर महेन्द्रराज कँडेलले बताए । कार्यक्रममा ब्रिटिस कलेजका संस्थापक राजन कँडेल, कलेजका अपरेशन डाइरेक्टर महेन्द्रराज कँडेल, पूर्व शिक्षामन्त्री गंगालाल तुलाधर, नेपालका लागि बेलायती राजदूत एचई रिचार्ड मोरिस, लिड्स बेकेट यूनिभसिर्टीका डेपूटी उपकूलपति एन्ड्रीउ स्लेड्स र यूनिभसिर्टी अफ वेस्ट इंग्ल्यान्डका कार्यकारी डीन रेमन्ड म्याक डोउल लगायत उपस्थित थिए । 

ब्रिटिस कलेजका संस्थापक कँडेलले शैक्षिक क्षेत्रको विकासको लागि नेपालभर गुणस्तरीय शिक्षा प्रदान गर्ने कलेजको योजना रहेको स्पष्ट पारे । नेपालका लागि बेलायती राजदूत रिचार्ड मोरिसले ब्रिटिस कलेजले नेपालमा नै अन्तर्राष्ट्रिय विश्वविद्यालयबाट सम्बन्धन लिएर नेपालमै विदेशी डिग्री प्रदान गरेर उल्लेखनीय काम गरेको बताए । कलेजले दीक्षित विद्यार्थीहरूलाई आ–आफ्नो क्षेत्रमा कर्मशील भएर काम गर्न र अरूलाई पनि आफ्ना शीप तथा ज्ञान बाढ्न आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्