arthik abhiyan
ad banner

फक्सवागनको पहिलो विद्युतीय कार सार्वजनिक

Sep 11, 2019 
अन्तरराष्ट्रिय
Image Not Found


फ्रांकफुर्ट (जर्मनी) । जर्मन कार निर्माता फक्सवागनले पहिलो विद्युतीय कार सार्वजनिक गरेको छ । कम्पनीले नयाँ आईडीडट ३ मोडलको कार सार्वजनिक गरेको हो । यो कार कम्पनीको विद्युतीय कारको ब्रान्ड आईडीको पहिलो कार हो । जर्मनीमा जारी ‘फ्रांकफुर्ट मोटर शो’को अवसरमा फक्सवागनले उक्त कार सार्वजनिक गरेको हो ।

साथै फक्सवागनले आफ्नो लोगोमा पनि केही परिवर्तन गरेको छ । फक्सवागनका लागि यी दुई निर्णय निकै महत्त्वपूर्ण रहेको विश्लेषकहरूले बताएका छन् । उत्सर्जनको मामिलामा ठूलो आलोचना खेपेको कम्पनीले विद्युतीय सवारी ल्याउनु ठूलो उपलब्धि रहेको उनीहरूको बुझाइ छ । फक्सवागनले अहिले अघि सारेको कार अन्य कारको तुलनामा केही सस्तो छ । जर्मनीका लागि यो कारको मूल्य ३३ हजार अमेरिकी डलर तोकिएको छ । 

अहिले सार्वजनिक गरिएको कार एकपटकको फुल चार्जमा ३३० किलोमिटरसम्म गुड्न सक्छ । यसकै महँगो भर्सनको कारले भने एकपटकको चार्जबाट ५५० किलोमिटर तय गर्ने कम्पनीले बताएको छ । यात्रुका लागि यो कार यूरोपमा सन् २०२० मा आइपुग्ने बताइएको छ । पछिल्लो समय फक्सवागनले आप्mनो लगानी नवीकरणीय ऊर्जाका सवारीमा बढाउने नीति अघि सारेको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्