arthik abhiyan
ad banner

०.२८ अंकले बढेको नेप्सेमा १३ करोडको कारोबार (१ बजेको अपडेट)

Sep 11, 2019 
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

भदौ २५, काठमाडौं । बुधवार नेप्से कारोबार भएको दोस्रो घण्टामा शून्य दशमलव २८ अंकले बढेको छ । १ हजार १६६ दशमलव ६८ विन्दुबाट शुरु भएको नेप्से यस अवधिमा शून्य दशमलव शून्य २ प्रतिशत बढेर १ हजार १६६ दशमलव ९५ विन्दुमा पुगेको छ ।  

कारोबारमा आएका ११ समूहको परिसूचकमध्ये ५ समूहको परिसूचक समूहको बढेको छ भने बाँकी ६ समूहको परिसूचक घटेको छ । दोस्रो घण्टाको कारोबारमा १३६ कम्पनीको रू. १३ करोड ४ लाख बराबरको शेयर कारोबार भएको छ ।

यस अवधिसम्म सोल्टी होटलको सर्वाधिक रू. ३ करोड ६७ लाख बराबरको शेयर कारोबार भएको छ । कम्पनीको शेयरमूल्य सो समयसम्म रू. २१८ मा खरीदविक्री भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्