arthik abhiyan
ad banner

१६ प्रकारका अमेरिकी वस्तुलाई अतिरिक्त कर छूट दिने चीनको घोषणा

Sep 11, 2019 
अन्तरराष्ट्रिय
Image Not Found

भदौ २५, पेचिङ (चीन) । चीनले अमेरिकाबाट आयातित १६ प्रकारका वस्तुहरुलाई अतिरिक्त कर छूट दिएको छ । बुधवार त्यहाँको अर्थ मन्त्रालयले यस्तो घोषणा गरेको हो । योसँगै वस्तुभाउको आहार, क्यान्सर रोगको उपचारमा प्रयोग हुने औषधि र लुब्रिकेन्टजस्ता वस्तुहरुमा अतिरिक्त कर माफी भएको छ । यो छूट सन् २०१९ को सेप्टेम्बर १७ देखि सन् २०२० को सेप्टेम्बर १६ सम्म एक वर्षका लागि लागू हुने बताइएको छ । चीन र अमेरिका बीच आगामी महीना वाशिङटनमा उच्चस्तरीय वार्ताको तयारी भइरहेकै समयमा यस्तो घोषणा भएको हो ।

यसलाई दुुई देशबीच जारी व्यापार विवाद कम गर्न चीन अलि लचिलो भएको संकेतका रुपमा हेरिएको छ । चीनको अर्थ मन्त्रालयको वेबसाइटमा त्यहाँको स्टेट काउन्सिल ट्यारिफ कमिशनले कर छूट दिइएको वस्तुहरुको २ ओटा छुट्टाछुट्टै सूची सूचिकृत गरेको छ । पहिलो सूचीमा माछालाई खुवाइने दाना, क्यान्सरको रोगको निदानमा प्रयोग हुने औषधि लगायत १२ थरी वस्तु छन् । यी वस्तुमा यसअघि लिइएको कर फिर्ता हुने छ । यसका लागि कम्पनीहरुले ६ महीनाभित्रै भन्सारमा आवेदन दिनु पर्ने बताइएको छ ।

दोस्रो सूचीमा भने लुब्रिकेटिङ बेस आयललगायत अन्य तीन वस्तु छन् । यी वस्तुमा लिइएको कर भने फिर्ता हुने छैन । सन् २०१८ को शुरुदेखि नै पेचिङ र वाशिङ्टनले एक अर्काको देशबाट आयातित खर्बौ डलर बराबरको वस्तुमा विभिन्न चरणमा अतिरिक्त महसुल लगाएका छन् । विश्वका २ ठूला अर्थतन्त्रबीचको यस लडाईले वित्तीय बजारमा धक्कमा लागेको छ भने व्यावसायिक र उपभोक्ता मनोबल खस्किएको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्