arthik abhiyan
ad banner

नेपालगञ्जमा सुविधासम्पन्न बसपार्क निर्माण, १० दिन भित्र सञ्चालनमा आउने 

Sep 11, 2019 
प्रदेश ०५
Image Not Found
author avatar अभियान संवाददाता

भदौ २५, नेपालगञ्ज । नेपालगञ्जमा अत्याधुनिक सुविधासम्पन्न बसपार्कको निर्माण पुरा भएको छ । अवको १० दिनपछि बसपार्क सञ्चालनमा आउने छ ।

नेपालगञ्ज उपमहानगरपालिका–४, गणेशपुरमा साढें चार बिघामा बसपार्क निर्माण  गरिएको छ । पश्चिम नेपालकै सुविधायुक्त बसपार्क बनाइएको उपमहानगरपालिकाका प्रमुख डा.धवलशम्शेर राणाले बताए । 

उनले भने, ‘१० दिनभित्रै औपचारिकरुपमा बसपार्क सञ्चालनमा ल्याउने  गरी तयारी भइरहेको छ ।’  बसपार्क निर्माण गर्न रू.२० करोड लागत अनुमान गरिएको थियो तर युनाइटेड बिल्डर्सले  रू. १४ करोड ९४ हजारमा ठेक्का हात पारेको थियो ।  

करीब २० वर्ष पुरानो बसपार्कमा गाडी र यात्रुको चाप भई  धान्नै  गाह्रो भएपछि पश्चिम नेपालकै केन्द्रका रूपमा रहेको नेपालगन्जमा अत्याधुनिक बसपार्क निर्माणका लागि यातायात व्यावसायीले पनि दबाब दिँदै आएका थिए ।

हरेक सवारीबाट  दैनिक रू.२० देखि  १०० सम्म शुल्क उठाउँदै आएको बसपार्कमा अत्याधुनिक सेवा सुविधा दिन थालेपछि सेवा शुल्क बढाउने सहमति भइसकेको छ । भेरी बस व्यावसायी प्रालिका वरिष्ठ उपाध्यक्ष शोभाखर पौडेलले बसपार्क सञ्चालन नहुँदा यातायात व्यावसायी र यात्रुले दुख झेल्नु परेकाले तुरुन्त सञ्चालन गर्नुपर्ने बताए ।

उनका अनुसार, नेपालगञ्ज बसपार्कबाट काठमाडौं लगायत पूर्व–पश्चिम तथा उत्तरतर्फ गरी दैनिक ६०० बढी साना– ठूला बस सञ्चालन हुने गर्दछन् । उपमहानगरपालिकाले नगर विकास कोषसँगको ऋण लगानीमा अत्याधुनिक र सुविधा सम्पन्न बसपार्क निर्माण गरेको हो ।

यातायातका साधनबाट असुली हुने रकमबाट नै ऋण तिर्ने उपमहानगरपालिकाको योजना छ । बसपार्क भित्र टर्मिनल भवन, सपिङ बिल्डिङ, शौचालय, चमेनागृह, पक्की पार्किङ क्षेत्र निर्माण गरिएको छ ।

निर्माण कम्पनीले मुख्यद्धार र पक्की पर्खाल निर्माणको समेत जिम्मा लिएको उपमहानगरका इञ्जिनीयर सुरजकुमार गुप्ताले बताए । 

प्रतिक्रिया दिनुहोस्