arthik abhiyan
ad banner

पशु बीमामा कृषकको आकर्षण बढ्दो  

Sep 11, 2019 
प्रदेश ०१
Image Not Found
author avatar अभियान संवाददाता

भदौ २५, पाँचथर  । यस   जिल्लामा पशु बीमामा कृषकको आकर्षण बढेको छ । 

घरमा पालेका गाईवस्तुको बीमागर्दा पशु धनीको समेत दुर्घटना बीमा हुन थालेपछि पाँचथर जिल्लामा पशु बीमा गर्ने किसानको संख्या वढ्दै गएको हो ।स्थानीयतहसँगको समन्वयमा निर्जीवन बीमा कम्पनी मार्फत् जिल्लाका ग्रामिण क्षेत्रमा पशु बीमा गराउन थालिएको हो ।

पशु बीमा गर्दा सरकारले किसानलाई बिमांकको ७५ प्रतिशत रकम व्यहोरिदिने गरेको छ । यो वर्ष मात्रै पाँचथर जिल्लामा ९९३ ओटा गाईवस्तुको बीमा गरिएको छ । जिल्लामा एनएलजी कम्पनी मार्फत् गाईवस्तुको बीमा भइरहेको छ ।

कम्पनीले गाईको बीमा गरेका मध्ये जिल्लाको फालेलुङ ५ का दलसम्सेर ज्ञाङमी मगरको ढुंगाले लागेर मृत्यु भएकोमा उनकी श्रीमती भीमकुमारी ज्ञाङमी मगरलाई दुर्घटना बीमावापत रू.२ लाख भुक्तानी गरेको छ । 

उनका श्रीमानले रू.७४५ तिरेर गाईको बीमा गराएका थिए भने अतिरिक्त रू.१०० तिरेर आफ्नो समेत दुर्घटना बीमा गराएका थिए । जिल्लामा अहिलेसम्म बीमापश्चात मृत्यु भएका १८ ओटा गाईवस्तुको बीमादावी भुक्तानी गरिएको एनएलजी कम्पनीका पाँचथर प्रमुख ज्ञादव गौतमले बताए । 

पशुको बीमागर्दा प्रकृति हेरेर रू.१५० देखि १ हजार २००सम्म किसानले व्यहोर्नु पर्छ । 

बिमांकमा ७५ प्रतिशत अनुदान दिने व्यवस्था भएपछि पशुको मृत्यु भएमा बिमांक  वरावरको रकम पाउने सुविधा र पशुधनीको पनि दुर्घटना बीमा हुने भएकाले आफुहरु त्यसतर्फ आकर्षित भएको किसानहरुले बताएका छन् । 
 

प्रतिक्रिया दिनुहोस्