arthik abhiyan
ad banner

प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी : कम्पनी विश्लेषण (शुक्रवार, २७ भदौ २०७६)

Sep 13, 2019 
लगानी
Image Not Found

 

प्रुडेन्सियल इन्स्योरेन्सले ६० प्रतिशत हकप्रद जारी गरी बीमा समितिले तोके बमोजिम चुक्तापूँजी कायम गर्ने भएको छ । भदौ २० गते १० बराबर ६ को अनुपातमा ३८ लाख ४९ हजार १२० कित्ता हकप्रद निष्कासनका लागि कम्पनीले नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । हाल कम्पनीको चुक्तापूँजी रू. ६४ करोड १५ लाख २० हजार रहेको छ । यस कम्पनीले भदौ १ गते आर्थिक वर्ष २०७४÷७५ को वार्षिक साधारणसभा सम्पन्न गरेको छ । गत असार मसान्तसम्म कम्पनीको जगेडा कोषमा रू. १९ करोड २१ लाख १६ हजार रहेको छ । अघिल्लो वर्ष रू. १ अर्ब ३७ करोड १६ लाख ९५ हजार बीमाशुल्क आर्जन गरेको कम्पनीले गतवर्ष रू. १ अर्ब २४ करोड ७५ लाख ६७ हजार बीमाशुल्क आर्जन गरेको छ । बिहीवार कम्पनीको अन्तिम शेयरमूल्य ३ अंक बढेर  रू. ४४४ कायम भएको छ ।

कम्पनीको ६४ दिनको कारोबार अवधिको अन्तिम दिनमा पुच्छर भएको सेतो मैनबत्ती आकृति भएको मैनबत्ती बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा बढ्ने सम्भावना रहेको देखाउँछ । आरएसआई न्युट्रल जोन ३२ दशमलव ४२ विन्दुमा छ । यसले शेयर किनबेच चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन ३ दशमलव ७ विन्दुमा छ । उतारचढाव न्यून छ । यस्तो अवस्थामा कम जोखिम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्य यी दुई रेखाभन्दा तल छ । बिहीवारको शेयरमूल्य रू. ४४४ देखि बजारको अवस्था परीवर्तन भई मूल्य महँगिएमा रू. ४५१ मा प्रतिरोध पाउने र सस्तिएमा रू. ४४१ मा टेवा पाउने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्