arthik abhiyan
ad banner

समता लघुवित्त वित्तीय संस्था : कम्पनी विश्लेषण (शुक्रवार, २७ भदौ २०७६)

Sep 13, 2019 
लगानी
Image Not Found

समता लघुवित्त वित्तीय संस्था लिमिटेडले २०० प्रतिशत हकप्रद शेयर जारी गर्न लागेको छ । हकप्रद शेयर जारी गर्न कम्पनीले नेपाल धितोपत्र बोर्डबाट गत साउन २९ गते नै अनुमति पाइसकेको छ । कम्पनीको भदौ २४ गतेको सञ्चालक समितिको बैठकले हकप्रदका लागि असोज १ गते १ दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । हाल कायम चुक्तापूँजी रू. ६ करोड ६ लाख ७२ हजार चुक्तापूँजीको आधारमा कम्पनीले २ सय प्रतिशत हकप्रद विक्री गर्न लागेको हो । प्रतिशेयर रू. १०० अंकित दरको १२ लाख १३ हजार ४४० कित्ता बुक क्लोजको आधारमा भदौ ३१ गतेसम्म कायम सदस्यहरुले मात्र हकप्रद भर्न पाउनेछन् । यस हकप्रद विक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ । बिहीवारको कारोबारमा कम्पनीको अन्तिम शेयरमूल्य १५ अंक घटेर रू. १ हजार २७४ कायम भएको छ ।

कम्पनीको ६३ दिनको कारोबार अवधिको अन्तिम दिनमा ओपनिङ कालो मारोबोजु आकृति भएको मैनबत्ती बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा घट्ने संकेत गर्छ । आरएसआई न्युट्रल जोन ४९ दशमलव ४० विन्दुमा छ । यसले शेयर किनबेच चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन १५ दशलमव ५८ विन्दुमा छ । उतारचढाव न्यून छ । त्यस्तै, कम्पनीको मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग नजिकिएका छन् । हालको मूल्यरेखा यी दुवै रेखाभन्दा तल छ । बिहीवारको कारोबारमा कम्पनीको अन्तिम शेयरमूल्य रू. १ हजार २७४ देखि बजारको अवस्था परीवर्तन भई मूल्य महँगिएमा रू. १ हजार २८९ मा प्रतिरोध पाउने र मूल्य सस्तिएमा रू. १ हजार २४१ मा टेवा पाउने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्