arthik abhiyan
ad banner

अनाधिकृत रुपमा डिम्याट खाता खोल्ने गरेको प्रति बोर्डको ध्यानाकर्षक, १५ दिनभित्र निरिक्षण प्रतिवेदन पेश गर्न सिडिएसलाई निर्देशन 

Sep 13, 2019 
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

भदौ २७, काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेवोन) ले अनाधिकृत रुपमा डिम्याट खाता खोल्ने गरेको गुनासो आएकाले निरिक्षण गर्न सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडलाई निर्देशन दिएको छ । निक्षेप सदस्यहरुबाट सम्बन्धित व्यक्ति स्वयं उपस्थित नहुँदा समेत डिम्याट खाता खोल्ने गरेको र त्यस्ता खाताहरुको नविकरण गर्ने गरेको गुनासोहरु प्राप्त भएको बोर्डले जानकारी गराएको हो ।

यस प्रकृयाबाट अन्य धेरै व्यक्तिहरुको नाममा समेत डिम्याट खाता खोल्ने गरेको गुनासोका आधारमा छानविनका लागि सिडिएसलाई निर्देशन दिएको बोर्डको भनाइ छ । यस्तो प्रकारको कार्य गरेको भेटिएमा धितोपत्र सम्बन्धी ऐन बमोजिम कडा कारावाही हुने हुँदा निक्षेप सदस्यहरुको निरिक्षण गरी १५ दिनभित्र प्रतिवेदन बुझाउन बोर्डले सिडिएसलाई निर्देशन दिएको छ ।

धितोपत्र कारोबारमा डिम्याट अनिवार्य भएसँगै यो खाता खोल्नेको संख्या १५ लाख ७३ हजार ६२५ पुगेको छ । निक्षेप सदस्यको रुपमा हाल ७३ कम्पनीहरुले काम गरिरहेका छन् । सार्वजनिक निष्कासनमा सबै आवेदकलाई न्यूनतम १० कित्ता अनिवार्य गरेसँगै एकै व्यक्तिले धेरै जनाको नामबाट डिम्याट खाता खोली आवेदन दिने गरेको गुनासो बोर्डमा पुगेको बताईएको छ ।

बोर्डले यसअघि ठुला लगानीकर्ताको पहुँमा मात्र रहेको सार्वजनिक निष्कासनको शेयरमा सबै नेपालीको पुहँच पुगोस भन्ने उदेश्यले १० कित्ताको नीतिलाई कार्यान्वयनमा ल्याएको हो । यस नीतिबाट साना लगानीकर्ताको प्रवेश धितोपत्र बजारमा बढेको अनुमान भने लगाउँन सकिन्छ । डिम्याटले धितोपत्र कारोबारलाई व्यवस्थित बनाएपनि एकै व्यक्तिले धेरै जनाको नामबाट खाता खोलेको अवस्थामा वास्तविक लगानीकर्ताको प्रवेश भने बजारमा नभएको अनुमान लगाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्