arthik abhiyan
ad banner

नेरुडे लघुवित्तको लिलामी शेयरमा आवेदन दिने आइतवार अन्तिम दिन 

Sep 13, 2019 
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

भदौ २७, काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले विक्री गरिरहेको संस्थापकतर्फको ८७ हजार ३ सय कित्ता लिलामी शेयरमा भदौ २९ आइतवार बैंकिङ अवधीसम्म आवेदन दिन सकिनेछ । 

कम्पनीको लिलामी शेयरमा संस्थापक शेयरधनी, सर्वसाधारण व्यक्ति, कम्पनी, संघ संस्थाहरुले प्रतिकित्ता रू. २२० को दरले आवेदन दिन सक्नेछन् । आवेदकहरुले बोलकबोल गर्दा कम्पनीले तोकेभन्दा बढी मूल्य अंकित गरी आवेदन दिनुपर्नेछ । 

आवेदकले शेयर खरीदको लागि आवेदन दिँदा न्यूनतम १ सय कित्ता र अधिकतम सम्पूर्ण कित्ताको लागि आवेदन दिन सक्नेछन् । कम्पनीको विक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ । 

प्रतिक्रिया दिनुहोस्