arthik abhiyan
ad banner

गृहमन्त्री रामबहादुर थापाका भाईको मुद्दामा थुनछेक बहस शुरु

Sep 16, 2019 
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

भदौ ३०, काठमाडौं । व्यवसायीलाई धम्क्याउँदै रकम असुल्ने गरेको आरोपमा पक्राउ परेका गृहमन्त्री रामबहादुर थापाका भाई नरेशकुमार थापासहितको बयान लिने कार्य सकिएपछि सोमवारदेखि थुनछेक बहस शुरु भएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश मेदिनीप्रसाद पौडेलको इजलासमा थुनछेक बहस शुरु भएको हो । थापासँगै पक्राउ परेका ८ जनाविरुद्ध सरकारले केही दिन अघि मुद्दा दायर गरेको थियो ।

यस अघि व्यवसायीलाई धम्क्याउँदै रकम असुल्ने कार्यमा संलग्न रहेका भनिएका समीरमान सिंह बस्नेत हाल कारागारमा रहेका छन् । अनुसन्धानबाट बस्नेतसँग मिलि थापाले पनि आपराधिक लाभको अपराध गरेको आरोप लगाइएको छ । थापासँगै पक्राउ परेकाहरुमा काठमाडौंमा बस्नेहरु पवन खड्का, सुरेन नगरकोटी, बीरबल भट्टराई, शैलेश प्रजापति, मनबहादुर पुनलगायतका छन् ।

थुनछेकको बहस सकिएपछि उनीहरुलाई थुनामा राखी वा धरौटीमा राखी वा साधारण तारेखमा छाडी मुद्दाको कारबाही अगाडि बढाउने भन्ने सम्बन्धमा अदालतले निर्णय गर्नेछ । गृहमन्त्रीका भाई थापाले आफूले बस्नेतलाई कारागारमा भेट्ने गरेको प्रहरीको बयानमा उल्लेख गरेका सम्बद्ध स्रोतले जानकारी दिएको छ ।

नेपाल निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरदकुमार गौचनको हत्या आरोपमा पक्राउ परेका बस्नेतविरुद्धको मुद्दा पनि हाल अदालतमा विचाराधीन छ । जेलमा बस्दा पनि बाहिरका व्यक्ति प्रयोग गरी रकम असुल्ने गरेको आरोप उनी माथि लाग्दै आएको छ । झण्डै ११ महीना अघि घरबाट कार्यालय जाने क्रममा काठमाडौंको नयाँ वानेश्वरस्थित शान्तिनगरमा गौचनको गोली हानी हत्या गरिएको थियो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्