arthik abhiyan
ad banner

धितोपत्र बोर्डका अध्यक्षसँग राजीनामा मागेको छैन

Sep 26, 2019 
१० वर्ष अघि
NA

 

प्रतिबद्धताहरू व्यक्त भइरहेका छन्, क्रमिक रूपमा अब आउँछन् । यसपटकको बजेटमा मैले विदेशी पुँजीलाई स्वागत गर्छौं भनेको छु । तर त्यो हाम्रो लक्ष्य होइन । हाम्रो लक्ष्य स्वदेशी पुुँजीकै विकास गर्ने हो । स्वदेशी पुँजीमा टेकेर देशको विकास गर्ने हो । विदेशी जहिले पनि सबै कुरा ठीक भए पछि मात्रै लगानी गर्छु भन्छन् । तर सबै कुरा कहिले ठीक हुन्छ र ? केही न केही समस्या जहिले पनि भइहाल्छ । उद्योगमा कुनै समस्या पर्‍यो भने नेपाली उद्यमी छ भने माओवादी, फोरम, कांग्रेस, एमाले जो सरकारमा भए पनि वार्ता गरेर समस्या समाधान गर्न सकिन्छ तर विदेशी लगानीकर्ता छ भने अलिकति समस्या हुनेबित्तिकै लगानीको वातावरण बिग्रियो म हिँडेँ भन्छ । नेपालीहरूसँग पैसा नभएको होइन । प्रशस्त पैसा छ तर लगानी गर्ने प्रवृत्ति छैन । त्यसैले पैसा छैन लगानी गर्न सक्दैनौं भन्ने चिन्तनलाई बदल्न यस पटकको बजेटमा विदेशबाट रेमिट्यान्स पठाउनेहरूबाट सात अर्बको ‘सेभिङ बन्ड’ सञ्चालन गर्ने कुरा उठाएको छु । त्यसका लागि आवश्यक कामहरू भइरहेको छ । विदेशिएका नेपालीहरूलाई नै लक्षित गररेर ‘आधा खाउँ आधा देश विकासमा लगाउँ’ भन्ने मान्यता अगाडि सारेको छु । गत वर्ष करिब २ खर्ब रेमिट्यान्स विदेशबाट आएको छ । त्यसमध्ये आधा जीवकोपार्जनका गएर आधा मात्र बच्यो भने १ खर्ब बचत हुन्छ । २५ प्रतिशत बचत हुँदा पनि ५० अर्ब हुन्छ । हामीले गत वर्ष विदेशीहरूबाट ऋण र अनुदानबापत प्राप्त गरेको रकम त्यत्तिकै हाराहारीमा छ । विदेशीले ५० अर्ब दिँदा धेरै हुने, ठूलाठूला काम हुन सक्छ भने नेपालीहरूले पठाएको रकमको लगानीका लागि प्रोत्साहन किन नगर्ने ? 

(अर्थमन्त्री सुरेन्द्र पाण्डेसँगको अन्तर्वार्ताबाट) 
वर्ष ५, अंक ३ २०६६, भदौ १५–२१

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्