arthik abhiyan
ad banner

हाजामाले सम्झौता पालना गरेन

Sep 30, 2019 
१० वर्ष अघि
NA


६ लेनको तीनकुने सूर्य विनायक सडक निर्माणको ठेक्का पाएको जापानिज कम्पनी हाजामाले तोकिएको अन्तर्राष्ट्रिय मापदण्ड अनुसरण नगरी निर्माण कार्य गराइरहेको छ । अन्तर्राष्ट्रिय मापदण्डअनुसार सडक निर्माण गर्दा यात्रु र स्थानीय बासिन्दालाई पर्न सक्ने असर न्यूनीकरणका उपायहरू निर्माण कम्पनीले अपनाउनैपर्छ । तर सो सडकको निर्माण कम्पनी हाजामाले त्यसतर्फ ध्यान नदिई सडक निर्माण गर्दा स्थानीय बासिन्दाको स्वास्थ्यमा प्रतिकूल असर पारेको छ भने नयाँ बानेश्वरदेखि पूर्वतर्फको सम्पूर्ण बस्ती नै धुलाले ढाकिएको छ । 

जापान सरकारको १ अर्ब ७७ करोड ४७ लाख ४० हजार  रुपैयाँ अनुदानमा तीस महिनामा निर्माण पूरा गर्ने गरी गत मंसिर १६ गते यो सडक विस्तार सुरु भएको हो । हाजामाको  नेपाली साझेदार श्रेष्ठ कन्स्ट्रक्सन कम्पनी रहेको छ । उनीहरूकै  मातहतमा रहेर लुम्बिनी  कन्स्ट्रक्सनलगायतका अन्य दुई कम्पनीहरू पनि निर्माणमा  सहभागी छन् । 

नौ किलोमिटर लामो सडकलाई  तीन खण्डमा विभाजन गरेर प्रत्येक खण्डको निर्माण सम्पन्न गर्ने समयावधि छुट्टाछुट्टै तोकिएको थियो ।  तीनकुनेदेखि मनोहरासम्मको सडक गत मार्चमा नै कालोपत्रेसमेत पूरा गरिसक्नुपर्ने थियो । तर,  हालसम्म सडकको दुईतर्फ ढल  र नाला निर्माण गर्ने कार्य सम्पन्न भएको छ ।  नयाँ बन्ने त कुरै छाडौं पुरानो सडक भत्काउने काम पनि हालसम्म पूरा भएको छैन । 

सडक निर्माणका क्रममा निस्कने धुलो त्यस क्षेत्रका लागि डरलाग्दो  समस्या बनेको छ । पानी पर्दा हिलो र घाम लाग्दा धुलो दुवै समयमा सुख छैन । ‘बिहान एक पटक धुलो कम गर्न सडकमा पानी हालिने गरे पनि सुरुमा त्यसले हिलोलाई धुलोमा बदलेर झन् समस्या पैदा गर्छ’ तीनकुने–कोटेश्वरवासी अनिता पराजुलीको गुनासो छ । 

वर्ष ५, अंक ५ २०६६, भदौ २९ –असोज ४

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्