arthik abhiyan
ad banner

ह्वाट्सएपले थप्यो फिंगरप्रिन्ट लक फिचर

Sep 30, 2019 
प्रविधि
Image Not Found


ह्वाट्सएपले आफ्नो एन्ड्रोइडको एपमा बायोमेट्रिक अथेन्टिकेशन अप्शन लागू गरेको छ । यो भनेको फिंगरप्रिन्ट लक फिचर हो । यसको सहयोगमा अब अनधिकृत व्यक्तिले ह्वाट्सएपमा पहुँच पाउन सक्दैनन् ।

म्यासेजिङ प्लाटफर्म ह्वाट्सएपले लगातार नयाँ नयाँ फिचरहरू प्रयोगकर्ताका लागि थपिरहेको छ, जसले ह्वाट्सएपलाई करोडौं प्रयोगकर्तासामु लोकप्रिय बनाइरहेको छ । ह्वाट्सएपमा प्राइभेसी तथा सेक्युरिटीका लागि पनि नयाँ फिचर थपिएको छ । एप्पलको आईओएसमा चाहिँ यो फिचरलाई गत फेब्रुअरीमै लागू गरिएको थियो ।

यो फिचरले प्रयोगकर्तालाई आफ्नो ह्वाट्सएप अकाउन्टलाई सुरक्षित राख्न मद्दत गर्नेछ । साथै यसबाट ह्याकिङको जोखिम पनि कम हुनेछ । स्मार्टफोन अनलक गर्न फिंगरप्रिन्ट स्क्यान गरेजस्तै गरी सजिलैसँग यो फिचरले काम गर्नेछ बताइएको छ । नयाँ फिचर प्रयोग गर्न आफ्नो डिभाइसमा ह्वाट्सएपको सबैभन्दा पछिल्लो भर्शन (२.१९.२०) इन्स्टल गर्नुपर्दछ । त्यसपछि ह्वाट्सएपको सेटिङमा गएर प्राइभेसी अप्शनमा ट्याप गर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्