arthik abhiyan
ad banner

बेँशीशहर बजार सडक बत्तीले झिलिमिली

Oct 1, 2019 
यातायात
NA


लमजुङ । पर्यटकीय जिल्ला लमजुङको सुन्दर नगरी एवं अन्नपूर्ण पदमार्गको प्रवेशद्वार बेँशीशहर बजारलाई उज्यालोको माध्यमबाट सुरक्षित बजार बनाउनका लागि सडक बत्ती जडान गरी झिलिमिली बनाइएको छ ।
 
बेँशीशहर नगरपालिकाले बजार सुरक्षित राख्नका लागि बजारका विभिन्न स्थानमा २५३ अओटा बिजुली बत्तीको व्यवस्था गरेको हो । आइतवार बेँशीशहर भीमसेनस्थान चोकमा एक कार्यक्रममा बीच नगरप्रमुख गुमानसिंह अर्यालले उद्घाटन गरी सडक बत्ती सञ्चालनमा आएको छ । उनले पर्यटकीय बजारमा चोरीका घटना बढ्दै गएकाले विशेष गरी राति हिँडडुल गर्नलाई असुरक्षित हुने गरेकाले नगरवासी र पर्यटकलाई ध्यान दिई सडक बत्ती जडान गरी सञ्चालनमा ल्याएको बताए ।     

अहिले जडान गरी सञ्चालनमा आएका बत्तीले सबै ठाउँमा नपुगेको र अपुग बत्ती यस आर्थिक वर्षको बजेटबाट खरीद गरी थप जडान गर्ने तयारीमा रहेको नगर प्रमुख अर्यालले बताए ।  वडा नम्बर ८ का अध्यक्ष पवित्र थापामगरले बजारलाई थप सुरक्षित र उज्यालो बनाउनका लागि सडक बत्तीले ठूलो सहयोग पुगेको जानकारी दिए । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्