arthik abhiyan
ad banner

रुकुममा बाढी पहिरोले साढे रू. ३ करोड बराबरको क्षति

Oct 2, 2019 
विकास
Image Not Found
author avatar प्रवीर ददेल


रुकुम । रुकुममा बाढी पहिरोका कारण साढे ३ करोडको क्षति भएको छ । रुकुम पश्चिममा (असार, साउन र भदौ) महीनामा  रू. ३ करोड ३७ लाख ४४ हजार ६०० रुपैयाँ बराबरको भौतिक पूर्वाधार तथा अन्नबाली क्षति भएको जिल्ला तथ्यांक प्रशासन कार्यालय, रुकुम पश्चिमले सार्वजनिक गरेको छ । जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्यालले भने, ‘बाढी तथा पहिरोका कारण ६५ घर पूर्ण क्षति भएका छन् ।’ 

पूर्ण घर क्षति भएका ६५ घरलाई जिल्ला विपद् व्यवस्थापन समितिले प्रतिपरिवार ५० हजार रुपैयाँ राहत वितरण गरिसकेको छ । जिल्लाको आठबिसकोट नगरपालिकामा सबैभन्दा बढी ४९ घर पूर्ण रूपमा क्षति भएको जिल्ला विपद् व्यवस्थापन समितिको तथ्यांकले देखाएको छ । त्यस्तै आंशिक रूपमा १ सय ४८ घर र दुई विद्यालय भवनमा क्षति पुगेको छ । पहिरोले जिल्लाका सिँचाइ कुलो, खानेपानी आयोजनामा समेत क्षति पुगेको तथ्यांकमा उल्लेख छ । 

१२ जनाको मृत्यु 
रुकुम पश्चिममा बाढी पहिरोका कारण १२ जनाको मृत्यु भएको छ । जिल्लामा ३ महीना अवधि (असार, साउन  भदौ)मा उक्त संख्यामा मानिसको मृत्यु भएको हो । विपत्का कारण मृत्यु हुनेमा सबैभन्दा बढी आठबिसकोट नगरपालिकाका छन् । उक्त नगरपालिकामा ६ जनाको मृत्यु भएको हो । त्यस्तै मुसीकोट  नगरपालिकाका चार र चौरजहारी नगरपालिकाका एक जनाको मृत्यु भएको जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी पौड्यालले जानकारी दिएका छन् । उनका अनुसार नरसिंह दल गणमा कार्यरत एक सेनाले चट्याङ लागेर जीवन गुमाएका छन् । भिरालो जग्गा र मापदण्ड विपरीतका सडक निर्माणका कारण जिल्लामा पहिरोको जोखिम बढेको उनको भनाइ छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्