arthik abhiyan
ad banner

८.६९ अंक बढेर नेप्से ११४९.४० विन्दुमा, १७ करोडको कारोबार, युनिलिभर नेपालको शेयरमूल्यमा सर्किट

Oct 3, 2019 
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असोज १६, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीवार नेप्से परिसूचक बढेर बन्द भएको छ । नेप्से परिसूचक यस दिन ८ दशमलव ६९ अंक बढेर १ हजार १४९ दशमलव ४० विन्दुमा पुगेको छ । यस दिन १ हजार १४२ दशमलव ४४ विन्दुबाट शुरु भएको परिसूचक कारोबारको पहिलो १ घण्टाको अवधिमा घटेर १ हजार १३८ को विन्दु वरिपरी रहेको थियो । सो पश्चात बढेको बजार गत कारोबार दिनको तुलनामा शून्य दशमलव ७६ प्रतिशत बढेर बन्द भएको छ ।

यस दिन कारोबारमा आएका ११ समूहमध्ये वित्त समूहको परिसूचक बाहेक बाँकी सबै समूहको परिसूचक बढेर बन्द हुँदा समग्र नेप्से परिसूचक सकारात्मक देखिन पुगेको हो । सर्वाधिक बढेर कारोबार भई बन्द भएको उत्पादन तथा प्रशोधन समूहको परिसूचक ३ दशमलव ५२ प्रतिशत बढेको छ भने होटल समूहको परिसूचक १ दशमलव २३ प्रतिशत बढेको छ । यस्तै बैंकिङ, विकास बैंक, जलविद्युत, निर्जीवन बीमा, ‘अन्य’, लघुवित्त, जीवन बीमा र म्युचुअल फन्ड समूहको परिसूचक १ प्रतिशतभन्दा कम बढेका छन् । घटेर बन्द भएको वित्त समूहको परिसूचक शून्य दशमलव ५७ प्रतिशत घटेको छ ।

बिहीवारको कारोबार
बिहीवार रू. १७ करोड ६६ लाख बराबरको शेयर कारोबार भएको छ । यो अघिल्लो कारोबार दिनको तुलनामा १३ दशमलव ११ प्रतिशत कम हो । गत कारोबार दिन बुधवार रू. २० करोड ३२ लाख रकम बराबरको कारोबार भएको थियो । सेन्सेटिभ इन्डेक्स यस दिन २ दशमलव १९ अंक बढेर २ सय ५१ दशमलव ९७ विन्दुमा बन्द भएको छ ।

युनिलिभर नेपालको शेयरमूल्यमा सर्किट ब्रेक
बिहीवार कारोबारमा आएको युनिलिभर नेपालको शेयरमूल्य सर्वाधिक १० प्रतिशत बढेर सकारात्मक सर्किट ब्रेक लागेको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १ हजार ८३५ ले वृद्धि भई रू. २० हजार १८५ कायम भएको छ । यस्तै दोस्रोमा सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य ४ प्रतिशत बढेर प्रतिकित्ता रू. १३० पुगेको छ ।

त्यसैगरी, शेयरमूल्य घटेर कारोबार हुनेमा युनाईटेड फाइनान्सको शेयरमूल्य ९ दशमलव ३१ प्रतिशत घटेको छ । कम्पनीको शेयरमूल्यमा भने रू. १९ ले घटेर अन्तिम शेयरमूल्य प्रतिकित्ता रू. १८५ मा सिमित भएको छ । यस्तै अरुण भ्याली हाइड्रोपावर कम्पनीको शेयरमूल्य ४ दशमलव शून्य ८ प्रतिशत घटेको छ । कम्पनीको शेयरमूल्यमा रू. ४ ले घटेर अन्तिम शेयरमूल्य प्रतिकित्ता रू. ९४ मा सिमित  भएको छ ।

११ समूहको परिसूचक

सोल्टी होटलको सर्वाधिक कारोबार
बिहीवारको बजारमा सोल्टी होटलको सर्वाधिक कारोबार भएको छ । कम्पनीको १ लाख ५६ हजार ५०४ कित्ता शेयरको खरीदविक्री हुँदा रू. ३ करोड १३ लाख बराबरको शेयर कारोबार भएको छ । कम्पनीको अन्तिम शेयरमूल्य प्रतिकित्ता रू. २१३ कायम रहेको छ । कारोबार रकमकै आधारमा दोस्रोमा सिद्धार्थ बैंकको रू. १ करोड ५५ लाख बराबरको शेयर कारोबार भएको छ । कम्पनीको शेयरमूल्य रू. ३३६ पुगेको छ ।

यस दिन कारोबारमा आएका १५३ कम्पनीमा १०८ कम्पनीको शेयरमूल्य बढेको छ भने २४ कम्पनीको घटेको छ । साथै, २१ कम्पनीको शेयरमूल्य भने स्थिर रहेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्